२०८० चैत्र १६
March 29, 2024, Friday

गठबन्धनले उपराष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न सकेन, जसपा र जनमत दुवैले उम्मेदवारी दर्ता गराउने

गठबन्धनले उपराष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न सकेन, जसपा र जनमत दुवैले उम्मेदवारी दर्ता गराउने

काठमाडौ, नौदलीय गठबन्धन उपराष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न असफल भएको छ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको नौदलीय गठबन्धनको बैठकले उपराष्ट्रपतिमा एकै उम्मेदवार चयन गर्न नसकेको हो।

उपराष्ट्रपति पदमा जसपा र जनमत पार्टी दुवैले दाबी गरेपछि साझा उम्मेदवार चयन हुन सकेन।

बैठकमा सहभागी एक नेताका अनुसार आज जसपा र जनमत दुवै पार्टीबाट उम्मेदवारी दर्ता गराउने र भोलि सहमतिमा एक जनाको उम्मेदवारी फिर्ता लिने समझादरी बनेको छ।

यसअघि नै जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादव र जनमतले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारिसकेको छ।

आजको नौ दलीय बैठकमा नौ दलका शीर्ष नेताहरूसँगै आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साह पनि सहभागी भएका थिए।

आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ।

बिहान ९ बजे खुला गरिएको उम्मेदवारी दर्ताको समय दिउँसो २ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

Related News

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
  • २०७९ फाल्गुन २७, शनिबार १२:४२ गते

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन...

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७९ फाल्गुन २७, शनिबार १२:४२ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७९ फाल्गुन २७, शनिबार १२:४२ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

TOP