२०८० चैत्र १५
March 28, 2024, Thursday

सेयर बजारमा सामान्य अंकले उकालो

सेयर बजारमा सामान्य अंकले उकालो

काठमाडौ, साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य अंकले उकालो लागेको छ । मंगलबार सेयर बजार नेप्से सूचकमा १.८५ अंकले उकालो लागि १९५३.०६ विन्दूमा आएर रोकिएको छ।

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा भने ०.१७ अंकले घटेर ३६८.३२ मा पुगेको छ। सोमबार सेयर बजारमा २४.६८ अंकले घटेर १९५२.६६ विन्दूमा आएको थियो ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १३ करोड ५९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको एनआइसी एसिया शीर्ष स्थानमा छ। यसको १० करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै नविल बैंकको ३ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ।

मंगलबार १३ उपसूचकहरुका मध्ये ५ कम्पनीमा ओरालो लागेको छ भने बाँकी सबै कम्पनीमा उकालो लागेको छ।

आजको कारोबारमा युनिक नेपाल लघुवित्तको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन् भने, शुभम् पावरको र सुपरमादी हाइड्रोपावरको करिब १० प्रतिशतले वृद्धि भएको छ ।

Related News

सुनको मूल्य दुई हजार छ सयले बढ्यो
सुनको मूल्य दुई हजार छ सयले बढ्यो
  • २०७९ फाल्गुन ३०, मंगलवार १६:४४ गते

काठमाडौँ,  चैत ८ गते ।  स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला रु. दुई हजार ६ सयका दरले वृद्धि भएको...

नयाँ अर्थमन्त्रीप्रति पुँजीबजार सकारात्मक : साताको पहिलो दिन दोहोरो अङ्कको वृद्धि
नयाँ अर्थमन्त्रीप्रति पुँजीबजार सकारात्मक : साताको पहिलो दिन दोहोरो अङ्कको वृद्धि
  • २०७९ फाल्गुन ३०, मंगलवार १६:४४ गते

काठमाडौं, फागुन २७ गते। साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २२.१० अंकले वृद्धि भएको छ।अर्थमन्त्रीमा वर्षमान पुन आएसँगै पुँजी बजारका लगानीकर्ता...

चितवन मिल्क उद्योग बन्द भएको एक महिनापछि सञ्चालन
चितवन मिल्क उद्योग बन्द भएको एक महिनापछि सञ्चालन
  • २०७९ फाल्गुन ३०, मंगलवार १६:४४ गते

काठमाण्डौ – चितवनमा मिल्क उद्योग बन्द भएको एक महिनापछि सञ्चालनमा आएको छ । प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम...

TOP