२०८१ बैशाख ८
April 20, 2024, Saturday

पैदलयात्रीका लागि ट्राफिक प्रहरीको सचेतता अभियान

पैदलयात्रीका लागि ट्राफिक प्रहरीको सचेतता अभियान

काठमाडौँ, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्राक्रसिङ तथा आकाशेपुलबाट सडक पार गर्न र साईकल चालकलाई ट्राफिक नियम सम्बन्धी जनचेतना फैलाउन पैदलयात्री सचेतता अभियानको सुरुवात गरेको छ ।

जेब्राक्रसिङ तथा आकाशे पुल प्रयोग गरौँ भन्ने प्ले कार्ड नै देखाएर ट्राफिक प्रहरीले उपत्यकाका बिभिन्न चोक/चोकमा बसेर अभियानको सुरुवात गरेको हो ।

दिन प्रतिदिन बढ्दो सवारी चापका साथै आकोशपुल र जेब्राक्रसिङ बाहेकका स्थानबाट जथाभावी सडक पार गर्दा ज्यानै जोखिममा पर्ने तथ्यांकलाई आधार मान्दै सुरूवात गरिएको अभियानमा सोमबार ६३७ पैदलयात्रीहरूलाई ट्राफिक प्रहरीले सम्झाई/बुझाई गरेको छ ।

सम्झाई/बुझाईका क्रममा काठमाडौँको न्युरोड, बालकुमारी, जडिबुटी, ललितपुरको सातदोबाटो र जावलाखेल, भक्तपुरको सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशेपुलबाट पैदलयात्रुहरूलाई सडक वारपार लगाईएको थियो ।

यस्तै ट्राफिक प्रहरीले रेड लाईट क्रस गर्ने, जेब्रा सिङमा रोक्ने, फुटपाथमा साईकल चलाउने लगायतका विविध ट्राफिक नियम उल्लंघन गर्ने १९३ जना साईकलका चालकहरूलाई पनि सम्झाई(बुझाई गरेको छ ।

काठमाडौँको कमलपोखरी, थापाथली, बल्खु, बुढानिलकण्ठ, नयाँबसपार्क, नागढुङगा, बौद्ध र भक्तपुरमा साईकलयात्रीलाई सम्झाई बुझाई गरिएको हो ।

काठमाडौँ उपत्यकामा गत आर्थिक बर्षमा मात्रै सवारी दुर्घटनामा ५८ जना र चालू आ.व.को हाल सम्म ४० जना पैदलयात्रीको मृत्यु भएको छ ।

यस तथ्यांकले सडकमा पैदलयात्रु सबैभन्दा बढी जोखिममा रहने देखिएकाले यस अभियानले पैदलयात्रीहरुमा ट्राफिक सचेतता अभिवृद्दि गर्न र ट्राफिक व्यवस्थापनमा सहजीकरण गरी दुर्घटनामा कमि ल्याउन मद्दत पुग्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

यस अघि २०७४ वैशाख र २०७६ पुसमा पनि जथाभावी सडक पार नगरौँ भन्ने जनचेतनामुलक कार्यक्रम ट्राफिक प्रहरीले सञ्चालन गरिएको थियो ।

आकाशे पुल भएको स्थानमा आकाशे पुलबाट र जेब्राक्रस भएका स्थानमा जेब्राक्रसिङबाट मात्रै सडक वारपार गर्नु र ट्राफिक नियमको पालना गर्दै सवारी साधन चलाउन हुन सबै सडक प्रयोगकर्ताहरूमा प्रवक्ता भट्टले अनुरोधसमेत गरे ।

Related News

सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
  • २०७९ चैत्र १, बुधबार १४:४२ गते

दोलखा,सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ् भने,५४ जना घाइते भएका छन्। दुर्घटनामा परी...

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७९ चैत्र १, बुधबार १४:४२ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७९ चैत्र १, बुधबार १४:४२ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

TOP