२०८१ बैशाख ७
April 19, 2024, Friday

लिग–२ : कीर्तिपुरबाट कीर्तिमान, नेपाल पुग्यो विश्वकप क्वालिफायरमा

लिग–२ : कीर्तिपुरबाट कीर्तिमान, नेपाल पुग्यो विश्वकप क्वालिफायरमा

काठमाडौं, विश्वकप क्रिकेट लिग–२ मा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले यूएईमाथि डिएल मेथडबाट जीत निकालेको हो।

खेलसँगै २ अंक जोडेको नेपाल तेस्रो स्थानमा उक्लिएको छ। ३९ अंक भएको नामिबिया चौथो स्थानमा झरेको छ।

यससँगै नेपाल जिम्बाब्वेमा हुने विश्वकप क्वालिफायरमा पुग्न सफल भएको छ ।

लिग–२ : कीर्तिपुरबाट कीर्तिमान, नेपाल पुग्यो विश्वकप क्वालिफायरमा

नेपालले ३११ रनको लक्ष्य पछ्याउँदै गर्दा ४४ ओभरमा खराब प्रकाशका कारण खेल रोकिएको थियो । त्यसबेला नेपालले ६ विकेट क्षतिमा २६९ रन बनाएको थियो ।

पछि खेल सम्भव नभएपछि नेपाल ९ रनले विजयी भएको हो । नेपालका लागि ४ खेलाडीले अर्धशतक बनाए ।

भीम सार्कीले ६७, आरिफ शेखले ५२, गुल्सन झाले अविजित ५० र कुशल भूर्तेलले पनि ५० रनको योगदान गरे ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले पुरै ओभर खेलेर ६ विकेट क्षतिमा ३१० रन बनाएको थियो । यूएईका लागि असिफ खानले अविजित १०१ रनको पारि खेले ।

यस्तै वृत्य अरविन्दले ९४ र मोहम्मद वसिमले ६३ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कामीले १/१ विकेट लिए ।

नेपालले विश्वकप क्वालिफायर जिम्बाबेमा खेल्नेछ । जहाँ दक्षिण अफ्रिका, श्रीलंका, जिम्बाबे जस्ता टोली हुनेछन् ।

Related News

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७९ चैत्र २, बिहीबार १८:१७ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
  • २०७९ चैत्र २, बिहीबार १८:१७ गते

काठमाडौँ, एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ ।...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०७९ चैत्र २, बिहीबार १८:१७ गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

TOP