२०८१ बैशाख ८
April 20, 2024, Saturday

विराटनगर भन्सार कार्यालयको राजस्व असुली लक्ष्यको ५७.३८ प्रतिशतमात्रै, अघिल्लो वर्षको तुलनामा साढे ५ अर्ब कम हुने अनुमान

विराटनगर भन्सार कार्यालयको राजस्व असुली लक्ष्यको ५७.३८ प्रतिशतमात्रै, अघिल्लो वर्षको तुलनामा साढे ५ अर्ब कम हुने अनुमान

विराटनगर, कोभिड महामारीको समयमा पनि कुल लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत राजस्व असुली गरेको विराटनगर भन्सार कार्यालयले यो वर्ष भने लक्ष्यको ५८ प्रतिशत पनि उठाउन नसक्ने देखिएको छ ।

कोभिडले आक्रान्त पारेको समय अर्थात् आर्थिक वर्ष २०७६/७७ मा विराटनगर भन्सार कार्यालयले ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

उक्त वर्ष लक्ष्यको ५८ दशमलव ४२ प्रतिशत अर्थात् २९ अर्ब ३१ लाख ३५ हजार रुपैयाँमात्रै राजस्व संकलन भएको थियो । उक्त आर्थिक वर्षको अन्त्यमा कोभिड १९ ले दुनियाँ आक्रान्त थियो ।

त्यस्तै कोभिडले संकटग्रस्त बनाएको आर्थिक वर्ष २०७७/७८ मा भने राजस्व लक्ष्यको ८८ दशमलव ४५ प्रतिशत असुली भयो ।

उक्त आर्थिक वर्ष अघिल्लो आर्थिक वर्षको भन्दा कम लक्ष्य राखिएको थियो । उक्त आर्थिक वर्षमा ४६ अर्ब १४ करोड ९८ लाख ८९ हजार रुपैयाँ लक्ष्य राखिएकोमा राजस्व भने ४० अर्ब ८१ करोड ९० लाख १३ हजार असुली भएको थियो ।

उक्त लक्ष्यलाई पुनः बढाउँदै आर्थिक वर्ष २०७८/७९ मा ४९ अर्ब ६५ करोड ९५ लाख ४ हजार रुपैयाँ लक्ष्य राखियो ।

असुली भने त्यसको ८१ दशमलव ४१ प्रतिशत अर्थात् अघिल्लो आर्थिक वर्षभन्दा झण्डै ३९ करोड कम ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजारमात्रै भयो ।

तर, चालू आर्थिक वर्षमा भने वार्षिक राजस्व असुलीको लक्ष्य नै अघिल्ला वर्षहरुभन्दा झण्डै ११ अर्ब बढी ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राखिएको छ ।

फागुन महिनासम्मको राजस्व संकलन भने विराटनगर भन्सार कार्यालयले जम्मा वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशतमात्रै अर्थात् २२ अर्ब ३४ करोड ८ लाख छ ।

Biratnagar Vansar (1)

यस्तै यस आर्थिक वर्षको फागुन महिनासम्मको लक्ष्यमा असुली प्रतिशत भने ५७ दशमवल ३८ प्रतिशत रहेको भन्सार कार्यालय विराटनगरका सूचना अधिकारी पर्शुराम दाहालले जानकारी दिए ।

उनका अनुसार कुल लक्ष्य भेट्टाउन विराटनगर भन्सार कार्यालयले अब दैनिक ३० करोड रुपैयाँभन्दा बढी राजस्व उठाउनु पर्दछ भने बाँकी १ सय २४ दिनमा ३७ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ राजस्व असुली गर्नु पर्दछ, जुन असम्भव जस्तै छ ।

भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व असुली लक्ष्य अनुसार भएको छैन ।

अहिलेकै जस्तो राजस्व असुलीको अवस्था रहने हो लक्ष्यमा पुग्नु त कता हो कता, विगतका दुई आर्थिक वर्षको भन्दा झण्डै साढे ५ अर्ब कम राजस्व संकलन हुने अवस्था देखिन्छ ।

1661150614_np_page-0001

लक्ष्यमा ५७ दशमवल ३८ प्रतिशत राजस्व संकलन हुनु भनेको झण्डै ३४ अर्ब ४४ करोड हो । अघिल्ला दुई आर्थिक वर्षमा राजस्व संकलन ४० अर्बभन्दा माथि भएको छ ।

विराटनगर भन्सार कार्यालयले विगत ४ वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । विगत ११ वर्षमा विराटनगर भन्सार कार्यालयले ६ आर्थिक वर्षमा मात्रै लक्ष्य अनुसारको राजस्व संकलन गर्न सफल भएको छ ।

आर्थिक वर्ष ०६८/६९ देखि आर्थिक वर्ष ०७०/७१ सम्म निरन्तर लक्ष्य अनुसारको प्रगति गरेको भन्सार कार्यालयले आर्थिक वर्ष ०७१र०७२ मा भने लक्ष्यको ९६ दशमलव ३३ प्रतिशत मात्रै राजस्व उठाउन सकेको थियो ।

यस्तै त्यसपछिको तीन आर्थिक वर्षमा पुनः लक्ष्य अनुसार राजस्व संकलन गर्न सफल देखिएको विराटनगर भन्सार कार्यालय आर्थिक वर्ष २०७५र०७६ देखि हालसम्म भने लक्ष्य भेट्टाउन सकेको छैन ।

भन्सार कार्यालयले लक्ष्य अनुसार प्रगति गर्न नसके पनि राजस्व संकलनमा भने विगत ११ वर्षमा उल्लेख्य सुधार गरेको छ ।

११ वर्ष अगाडि ११ अर्ब ७ करोड ५० लाख ९१ हजार राजस्व संकलन गरेको विराटनगर भन्सार कार्यालयले गतआर्थिक वर्षमा ३ दशमलव ६५ गुणाले राजस्वमा वृद्धि भई ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार रुपैयाँ संकलन भएको छ ।

१७ अर्ब ९५ करोड राजस्व संकलन भएको आर्थिक वर्ष ०७१र०७२ को तुलनामा आर्थिक वर्ष ०७२/७३ मा उल्लेख्य वृद्धि भई २४ अर्ब ७९ करोड ६९ लाख ६५ हजार पुगेको थियो ।

कोभिड महामारीका कारण आर्थिक वर्ष ०७६/७७ मा लक्ष्यको ५८ दशमलव ४२ प्रतिशतमात्रै राजस्व संकलन भएको बाहेक अन्य वर्षमा राजस्व संकलन अघिल्ला वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको देखिन्छ ।

चालू आर्थिक वर्ष भने अघिल्लो वर्षको तुलनामा पनि राजस्व संकलन घट्ने देखिएको छ ।

Related News

सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुग्यो
सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुग्यो
  • २०७९ चैत्र ४, शनिबार ०८:५० गते

काठमाण्डौ – सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । आज तोलामा सात सय रुपैयाँले बढेर भाउ अहिलेसम्मकै उच्च तोलाको एक...

१२ वर्षमा २८ हजार ७५० मेगावाट विद्युत उत्पादन हुन्छ
१२ वर्षमा २८ हजार ७५० मेगावाट विद्युत उत्पादन हुन्छ
  • २०७९ चैत्र ४, शनिबार ०८:५० गते

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले १२ वर्षमा २८ हजार ७५० उत्पादन दाबी गरेका छन् । जलविद्युत आयोजना निर्माण...

नेप्से परिसूचक ओरालो लाग्यो
नेप्से परिसूचक ओरालो लाग्यो
  • २०७९ चैत्र ४, शनिबार ०८:५० गते

काठमाडौँ, वैशाख ४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका...

TOP