२०८० जेष्ठ २२
June 5, 2023, Monday

नेप्से परिसूचक २२.६५ अंकले बढेर १९४९.०६ बिन्दूमा कायम, सबै उपसमूहमा हरियाली

नेप्से परिसूचक २२.६५ अंकले बढेर १९४९.०६ बिन्दूमा कायम, सबै उपसमूहमा हरियाली

काठमाडौं, साताको दोस्रो दिन सोमबार नेप्से २२.६५ अंकले बढेको छ । नेप्से परिसूचक २२.६५ अंकले बढेर १९४९.०६ बिन्दूमा कायम भएको छ ।

अघिल्लो दिन ६.९० अंकले घटेको नेप्से १९२६.४१ विन्दूमा बन्द भएको थियो ।

आज ५२ लाख ५५ हजार ८६ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा एक अर्ब २९ करोड ८५ लाख ८३ हजार ९८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

उपसमूहतर्फ रहने १३ वटै समूहको शेयर मूल्य बढेर हरियाली देखिएको छ ।

करोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा क्रमशः युनिक नेपाल लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रोपावर, नयाँ सारथि लघुवित्त वित्तीय संस्था र मानुशी लघुवित्त वित्तीय संस्था रहेका छन् ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सर्वाधिक गुमाउनेमा सपोर्टस् माइक्रोफाइनान्स, स्वाभीमान लघुवित्त र सानिमा ग्रोथ फण्ड रहेका छन् ।

त्यसैगरी सोमबार बजार पूँजीकरण भने २८ खर्ब १६ करोड रुपैयाँ रहेको छ ।

Related News

साठी लाख कमाउनेले अठार लाख ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने
साठी लाख कमाउनेले अठार लाख ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने
  • २०७९ चैत्र ६, सोमबार १५:५० गते

 वार्षिक ६० लाख रुपैयाँमा करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ । आगामी...

सुनको मुल्यमा उच्च वृद्धि
सुनको मुल्यमा उच्च वृद्धि
  • २०७९ चैत्र ६, सोमबार १५:५० गते

 बिहीबार सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य हालसम्मकै उच्च एक...

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८४ करोड ऋण र दुई अर्ब ६० करोड अनुदान सहयोग
विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८४ करोड ऋण र दुई अर्ब ६० करोड अनुदान सहयोग
  • २०७९ चैत्र ६, सोमबार १५:५० गते

नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई...

TOP