२०८० जेष्ठ २२
June 5, 2023, Monday

यू–१७ महिला साफमा नेपालले आज भारतसँग खेल्दै

यू–१७ महिला साफमा नेपालले आज भारतसँग खेल्दै

काठमाडौ, साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दैछ ।

बंगलादेशको ढाकामा आजदेखि हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्न लागेको हो ।

नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ ।

भारत पनि नेपाललाई हराउँदै प्रतियोगितामा जितका साथ सुरुवात गर्ने योजनामा छ । आजै हुने दोस्रो खेलमा आयोजक बंगलादेश र भुटान प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले दोस्रो खेलमा बुधबार भुटान तथा तेस्रो खेलमा आइतबार रुसको सामना गर्ने तालिका छ ।

नेपालले अन्तिम खेलमा आर्को साताको मंगलबार बंगलादेशको सामना गर्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ । प्रतियोगितामा बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता छ ।

नेपाली टोली :

गोलकिपर– सुजता तामाङ, राधिला ओली र करुण बुढाथोकी ।

डिफेन्डर– अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही र रेणु लिम्बू ।

मिडफिल्डर– माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ ।

फरवार्ड– दीपा रोकाया, वर्षा ओली र सेनु परियार ।

Related News

सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी
सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी
  • २०७९ चैत्र ६, सोमबार ०८:०२ गते

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट टोलीको प्रशिक्षणमा सामेल हुन दक्षिण अफ्रिका पठाउने तयारी...

मलेसियाविरुद्ध पाँच खेलको सिरिज जित्यो नेपालले
मलेसियाविरुद्ध पाँच खेलको सिरिज जित्यो नेपालले
  • २०७९ चैत्र ६, सोमबार ०८:०२ गते

 नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।  मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आइतबार भएको खेलमा...

नेपालले जित्यो मलेसियाबिरुद्ध महिला टी-२० शृखंला
नेपालले जित्यो मलेसियाबिरुद्ध महिला टी-२० शृखंला
  • २०७९ चैत्र ६, सोमबार ०८:०२ गते

जेठ २१, काठमाडौं । मलेसियाविरुद्धको महिला टी-२० शृखंला नेपालले जित्न सफल भएको छ । मलेसियाले दिएको ११० रनको लक्ष्य १९.२...

TOP