२०८० चैत्र १५
March 28, 2024, Thursday

रासायनिक मलमा दिँदै आएको अनुदान नदिने निर्णयबाट पछि हट्यो सरकार

रासायनिक मलमा दिँदै आएको अनुदान नदिने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौँ, नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।

सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो।

सोमबारको मन्त्रिपरिषद बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ।

Related News

चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
  • २०७९ चैत्र ६, सोमबार १२:१३ गते

काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १० दशमलव ७३ अंंकले ओरालो लागेको बजार परिसुचक नेप्से...

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
  • २०७९ चैत्र ६, सोमबार १२:१३ गते

काठमाण्डाै – नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७९ चैत्र ६, सोमबार १२:१३ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

TOP