२०८० चैत्र १६
March 29, 2024, Friday

चितवनको उपनिर्वाचनमा उम्मेदवार बन्न पूर्वमन्त्रीदेखि उपमेयरसम्म, कांग्रेसबाटै ११ जना आकांक्षी

चितवनको उपनिर्वाचनमा उम्मेदवार बन्न पूर्वमन्त्रीदेखि उपमेयरसम्म, कांग्रेसबाटै ११ जना आकांक्षी

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (पार्टी) का सभापति रवी लामिछानेको सांसद पद गुमेपछि खाली भएको चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि उम्मेदवार बन्न दलका नेतारकार्यकर्ताको दौड सुरू भएको छ ।

आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बन्न नेपाली कांग्रेसका मात्रै ११ जनाले आकांक्षा देखाएका छन् ।

यो क्षेत्रबाट गत मंसिर ४ को निर्वाचनमा लामिछानेसँग पराजित पूर्वमन्त्री उमेश श्रेष्ठदेखि भरतपुर महानगरपालिकाकी पूर्व उपमेयर पार्वती साहसम्म रहेको कांग्रेस स्रोत बताउँछ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिसमक्ष निवेदन दिनेमा जिल्ला सभापति राजेश्वर खनाल, पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठ, प्रदेश सरकारका पूर्वमन्त्री मिलनबाबु श्रेष्ठलगायत रहने छन् ।

पूर्वउपसभापति कैलाश कोइराला, पूर्वसचिव देवेन्द्र गुरुङ, पूर्वसहसचिव राजन कार्की, प्रदेश कार्यसमिति सदस्य देवकी गौतम, महासमिति सदस्य गौरी श्रेष्ठ र नेपाल दलित संघका केन्द्रीय सदस्य विपिन रामुदामुको पनि निवेदन परेको कांग्रेसले जनाएको छ ।

गत मंसिरमा जितनारायण श्रेष्ठ, राजेश्वर खनाल, उमेश श्रेष्ठ, प्रकाश अधिकारी र राजन कार्कीको नाम सिफारिस गरेको कांग्रेसले तात्कालीन मन्त्री उमेश श्रेष्ठलाई टिकट दिएको थियो । तर,चुनावमा उनि तेब्बर भन्दाबढी मतले रवि लामिछानेसँग पराजित भएका थिए ।

उनी फेरि पनि चुनाव उठ्ने तयारीमा नाम सिफारिस गराउन खोज्दैछन् ।

मंसिरको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने ४९ हजार ३ सय मतका साथ विजयी हुँदा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ १४ हजार ९८८ मा सीमित भएका थिए भने एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल तेस्रो भएका थिए ।

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७९ चैत्र ७, मंगलवार १२:२९ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७९ चैत्र ७, मंगलवार १२:२९ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ चैत्र ७, मंगलवार १२:२९ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

TOP