२०८० चैत्र १५
March 28, 2024, Thursday

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु

दैलेख, दैलेख सुर्खेत सडक खण्डको तालपोखरीमा मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।

नेपालगन्जदेखि मनकामना ग्याँस सिलिन्डर बोकेर दैलेखतर्फ आउँदै गरेको भे. १ क . २२०१ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख(डिएसपी) किशोर लम्सालले दुर्घटनामा परी मिनि ट्रक चालक अन्दाजी ३० वर्षको कृष्ण चौधरी, अन्दाजी वर्ष २६ को कृष्ण चौधरी र अन्दाजी २३ वर्षको विष्णु चौधरीको मृत्यु भएको जानकारी दिए ।

उनले मिनि ट्रक रोक्न लागेको बेला सडकबाट करिब एक सय ५० मिटर तल खसेको बताए ।

घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख लम्सालले जानकारी दिए ।

Related News

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७९ चैत्र ८, बुधबार ११:२९ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ चैत्र ८, बुधबार ११:२९ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
  • २०७९ चैत्र ८, बुधबार ११:२९ गते

गाईघाट, चैत १४ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ।...

TOP