२०८० चैत्र १६
March 29, 2024, Friday

बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने

बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने

हेटौंडा, नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ ।

बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा संसदीय दलको बैठकले जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।

बैठकले केन्द्रमा कांग्रेस(माओवादी केन्द्रसहितको दलहरुको गठबन्धनमा भएको सहमति अनुसार सरकारको निर्माण गर्ने निर्णय समेत गरेको उनले बताए ।

बागमतीमा राप्रपाले सरकार छाडेपछि संविधानको व्यवस्था अनुसार मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदैछन् । त्यसका लागि बुधबार प्रदेशसभा बैठक बोलाइएको छ ।

तर, काठमाडौंमा रहेका नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरू भने बुधबार हेटौंडा नआउने चित्रकारले बताए

कांग्रेसका सांसदहरु आजको बैठकमा उपस्थित नहुने भएपछि प्रदेशसभा बैठक स्थगित हुने सम्भावना बढेको छ । यद्यपि संसद सचिवालयले अहिलेसम्म बैठक स्थगित गरेको छैन ।

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७९ चैत्र ८, बुधबार १६:१४ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७९ चैत्र ८, बुधबार १६:१४ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ चैत्र ८, बुधबार १६:१४ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

TOP