२०८० जेष्ठ २२
June 5, 2023, Monday

थ्री नेसन्स कप फुटबलमा नेपालको विजयी सुरुवात, लाओस २- ० ले पराजित

थ्री नेसन्स कप फुटबलमा नेपालको विजयी सुरुवात, लाओस २- ० ले पराजित

काठमाडौं, प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।

आयोजक नेपालले दशरथ रंगशालामा भएको उद्घाटन खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको हो।

नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । नेपालका लागि खेलको ३० औँ मिनेटमा तामाङले गोल गर्नुभएको हो। नवीन लामाको कर्नरमा अनन्तले हडेमार्फत गोल गरेका हुन् ।

नेपालका लागि दोस्रो गोल खेलको ५६ औं मिनेटमा नवयुग श्रेष्ठले गरे । कप्तान किरण चेम्जोङको लामो पासमा नवयुगले करिब ३० यार्डबाट उत्कृष्ट गोल गरे ।

खेलमा नेपालका अनन्त तामाङ म्यान अफ दि म्याच बने । नेपालले बुधबार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको हो।

दशरथ रङ्गशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुँदैछ।

Related News

सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी
सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी
  • २०७९ चैत्र ९, बिहीबार ०७:२० गते

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट टोलीको प्रशिक्षणमा सामेल हुन दक्षिण अफ्रिका पठाउने तयारी...

मलेसियाविरुद्ध पाँच खेलको सिरिज जित्यो नेपालले
मलेसियाविरुद्ध पाँच खेलको सिरिज जित्यो नेपालले
  • २०७९ चैत्र ९, बिहीबार ०७:२० गते

 नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।  मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आइतबार भएको खेलमा...

नेपालले जित्यो मलेसियाबिरुद्ध महिला टी-२० शृखंला
नेपालले जित्यो मलेसियाबिरुद्ध महिला टी-२० शृखंला
  • २०७९ चैत्र ९, बिहीबार ०७:२० गते

जेठ २१, काठमाडौं । मलेसियाविरुद्धको महिला टी-२० शृखंला नेपालले जित्न सफल भएको छ । मलेसियाले दिएको ११० रनको लक्ष्य १९.२...

TOP