२०८० चैत्र ६
March 19, 2024, Tuesday

साफ यू–१७ महिला च्याम्पियनसीपमा नेपालले भुटानलाई ५–०ले हरायो

साफ यू–१७ महिला च्याम्पियनसीपमा नेपालले भुटानलाई ५–०ले हरायो

काठमाडौ, बंगलादेशमा भइरहेको साफ यू–१७ वमेन्स च्याम्पियनसिपमा नेपालले बुधबार भुटानलाई सजिलै ५–० ले हराएको छ ।

बंगलादेशमा भइरहेको प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले पहिलो जीत निकालेको हो ।

खेलको १६ औं मिनेटमा वर्षा ओलीले गोलको खाता खोलिन् । त्यसपछि ३० औं मिनेटमा दीपा रोकाया र ३४ औं मिनेटमा सेनु परियारले गोल गरिन् ।

पहिलो हाफमा ३ गोल गरेको नेपालले दोस्रो हाफमा २ थपेको हो । दोस्रो हाफको ५० औं मिनेटमा वर्षाले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् ।

सेनुले ५८ औं मिनेटमा पाँचौं गोल गरिन् । यो उनको दोस्रो व्यक्तिगत गोल पनि रह्यो ।

Related News

आयरल्यान्ड ‘ए’ सँगको शृङ्खलाकाे तयारीका लागि ४० जना खेलाडीको नाम सार्वजनिक
आयरल्यान्ड ‘ए’ सँगको शृङ्खलाकाे तयारीका लागि ४० जना खेलाडीको नाम सार्वजनिक
  • २०७९ चैत्र ९, बिहीबार ०७:१३ गते

काठमाण्डाै – आयरल्यान्ड ‘ए’ सँगको शृङ्खलाका लागि नेपाली ‘ए’ को प्रारम्भिक टोलीमा ४० जनालाई बोलाइएको छ । नेपाल क्रिकेट सङ्घले...

एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको आदेश
एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको आदेश
  • २०७९ चैत्र ९, बिहीबार ०७:१३ गते

काठमाडौँ, फागुन ३० गते । फुटबलमा अनावश्यक पदाधिकारी मलेसिया भ्रमणमा गएपछि युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई कारबाही...

हङकङलाई हराउँदै पिएनजी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा
हङकङलाई हराउँदै पिएनजी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा
  • २०७९ चैत्र ९, बिहीबार ०७:१३ गते

काठमाडौँ, २९ फागुन : त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा पपुवा न्युगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट...

TOP