२०८१ बैशाख ६
April 18, 2024, Thursday

इस्लाम धर्मावलम्बीहरुको रमजान पर्व सुरु

इस्लाम धर्मावलम्बीहरुको रमजान पर्व सुरु

काठमाडौं, इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।

हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ ।

सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको छ ।

रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ नमाज अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ ।

यसै खुसीयालीमा मुस्लिम समुदायले एकमहिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

रोजा बस्ने भनेको बिहान ३: ४३ देखि बेलुका ६: ५० बजेसम्म निराहार बस्नु हो । यो शृङ्खला हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्छ ।

बिरामी, गर्भवती महिला र अशक्तलाई रोजा बस्न छुट रहेको छ । रोजा बस्ने समयभरी निश्चित नियम भने पूरा गर्नुपर्ने हुन्छ ।

मुस्लिम समुदायका लागि रमजान सबैभन्दा उत्तम र विशेष महिना मानिन्छ । यो पर्वमा मूलत दुई कुरालाई महत्व दिइन्छ, एउटा निराहार व्रत र अर्को दान वा गरिब–दुःखीको सेवा ।

एकातिर यसले आफ्नो शारीरिक शुद्धीकरण नियमपूर्वक अभ्यास गराउँछ भने अर्कोतिर पूण्यको कामप्रति प्रेरित ।

त्यसैले रमजानलाई पवित्रता र पूण्यको पर्व मानिन्छ । रमजान दान, प्रतिदान र क्षमादान माग्ने महिना भएकोले यसलाई विशेष महिना मानिएको हो ।

रमजान महिनापछि आउने महिनालाई सव्वाल भनिन्छ । यसै सव्वाल महिनाको पहिलो दिन ईद अर्थात ईदउल फित्रका रूपमा मनाउने गरिन्छ ।

Related News

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७९ चैत्र १०, शुक्रबार ०७:३५ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

बस र सुमो ठोक्किँदा सात घाइते
बस र सुमो ठोक्किँदा सात घाइते
  • २०७९ चैत्र १०, शुक्रबार ०७:३५ गते

बनेपा, वैशाख ६ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका –२ बेलामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा सात जना यात्रु...

६० किलो सुन तस्करी प्रकरण : इन्टरपोलबाट जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
६० किलो सुन तस्करी प्रकरण : इन्टरपोलबाट जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
  • २०७९ चैत्र १०, शुक्रबार ०७:३५ गते

काठमाडौँ । ६० किलो सुनमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन जारी गरिएको छ । नेपाल प्रहरीको अनुरोधमा...

TOP