२०८० चैत्र ६
March 19, 2024, Tuesday

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा

हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई सदनमै राजीनामा बुझाएका छन् ।

प्रदेश सभामा बोल्दै नेता थपलियाले अब नेकपा एमाले प्रदेश सरकारको सशक्त प्रतिपक्षको भुमिकामा रहने बताए । उनले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने समेत बताएका छन् ।

प्रदेश सरकारमा एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री थिए ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपा मिलेर पुष २६ गते प्रदेश सरकार बनेको थियो भने माघ ११ गते सरकारले पूर्णता पाएको थियो ।

यसअघि राप्रपाका ३ जना मन्त्रीले फागुन १३ गते प्रदेश सरकारबाट बाहिरिदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएका थिए ।

राप्रपा सरकारबाट बाहिरिएका कारण मुख्यमन्त्री जमकट्टेलले शुक्रबार सदनबाट दोस्रोपटक विश्वासको मत लिदैछन् ।

Related News

दिलीप महतोलाई शहीद घोषणा गर्न प्रभु साहको माग
दिलीप महतोलाई शहीद घोषणा गर्न प्रभु साहको माग
  • २०७९ चैत्र १०, शुक्रबार १५:१६ गते

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले क्रसर व्यवसायीबाट मारिएका धनुषा मिथिला नगरपालिकाका दिलीप महतोलाई पर्यावरण...

पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति
पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति
  • २०७९ चैत्र १०, शुक्रबार १५:१६ गते

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।...

शुक्रबारबाट एक घण्टामा श्रम स्वीकृति
शुक्रबारबाट एक घण्टामा श्रम स्वीकृति
  • २०७९ चैत्र १०, शुक्रबार १५:१६ गते

काठमाडौं, चैत ५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एक घण्टामै श्रम स्वीकृति...

TOP