२०८० चैत्र ६
March 19, 2024, Tuesday

मानहानी मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो

मानहानी मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो

एजेन्सी, भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद गएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा दोषी ठहर भएको अर्को दिन उनको सांसद पद गएको हो ।

भारतीय संसद् लोकसभा सचिवालयले सूचना निकालेर उनको लोकसभा सदस्यता रद्द गरिएको जनाएको छ ।

राहुल केरलको वायनाड सिटबाट सांसद चुनिएका थिए । भारतीय संविधानको अनुच्छेद १०२ को १ मा दोषी ठहर हुने व्यक्तिको सांसद पद खारेज हुने व्यवस्था छ ।

शुक्रबार सुरतको एक अदालतले मानहानि मुद्दामा राहुललाई २ वर्षको सजाय सुनाएको थियो । उनले ३० दिनभित्र माथिल्लो अदालतमा अपिल गर्न सक्ने पनि फैसलामा उल्लेख छ ।

चार वर्षअघि चुनावी प्रचारका क्रममा राहुलले प्रधानमन्त्री नरेन्द्र मोदीसहित केही व्यक्तिको नाम लिएर किन सबै चोरको थर मोदी हुन्छ भन्दै प्रश्न गरेका थिए । त्यसपछि उनीविरुद्ध मुद्दा परेको थियो ।

Related News

मध्य भियतनाममा विषाक्त खाना खाएपछि १९५ जना अस्पताल भर्ना
मध्य भियतनाममा विषाक्त खाना खाएपछि १९५ जना अस्पताल भर्ना
  • २०७९ चैत्र १०, शुक्रबार १५:५५ गते

हनोई, भयितनाम, चैत २ गते । भियतनामको खान्ह होआ प्रान्तको केन्द्रीय शहर न्हा ट्राङको एक होटलमा खाना खाएपछि बिरामी परेको...

रमजानमा पनि गाजामा युद्ध जारी
रमजानमा पनि गाजामा युद्ध जारी
  • २०७९ चैत्र १०, शुक्रबार १५:५५ गते

काठमाण्डौ – इस्लामको पवित्र महिना रमजानमा पनि इजरायली सेना र हमास विद्रोहीबीच गाजामा युद्ध जारी छ । रमजानअघि युद्धविराम हुने...

इन्डोनेसिया : उडिरहेको विमानका दुवै जना पाइलट झन्डै आधा घण्टा निदाएको प्रतिवेदन सार्वजनिक
इन्डोनेसिया : उडिरहेको विमानका दुवै जना पाइलट झन्डै आधा घण्टा निदाएको प्रतिवेदन सार्वजनिक
  • २०७९ चैत्र १०, शुक्रबार १५:५५ गते

इन्डोनेसियामा उडिरहेको एउटा विमानका दुवै जना पाइलट झन्डै २८ मिनेटसम्म निदाएको प्रतिवेदन सार्वजनिक भएको छ । सुलवेसीदेखि राजधानी जकार्तासम्मको उडानका...

TOP