२०८० जेष्ठ २२
June 5, 2023, Monday

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, पानीमुनि चल्ने ड्रोनले सुनामी ल्याउन सक्ने

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, पानीमुनि चल्ने ड्रोनले सुनामी ल्याउन सक्ने

एजेन्सी, उत्तर कोरियाले पानीमुनि चल्ने ड्रोन परीक्षण गरेको दाबी गरेको छ । यस्तो ड्रोनले ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्छ ।

यो घातक हतियारको परीक्षण उत्तर कोरियाका शासक किम जोंग/उनको निगरानीमा भएको बताइएको छ ।

त्यहाँको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार यही साता दक्षिण हामग्योंग प्रान्तको समुद्रमा ‘गुप्त हतियार’को परीक्षण गरिएको छ ।

रिपोर्टका अनुसार यस्तो ड्रोन ८० देखि १५० मिटर गहिराइमा ५९ घण्टासम्म चलेको थियो । त्यसपछि पूर्वी तटमा विस्फोट गरेर यसलाई नष्ट गरिएको थियो ।

शासक किमले यो नयाँ हतियार अमेरिका र दक्षिण कोरियाका लागि एक चेतावनी रहेको बताएका छन् ।

केसीएनएले ‘हायल’ नामक यो हतियारले दुश्मनका जहाज र बन्दरगाहमा ठूलो रेडियोएक्टिभ तरंग छोड्न सक्नेछ । समुद्र मुनी चल्ने यो ड्रोनलाई कुनै पनि तट र बन्दरगाह अथवा जहाजमा तैनाथ गर्न सकिनेछ ।

उत्तर कोरियाको नयाँ हतियारले भारी तबाही मच्चाउन सक्ने भन्दै चिन्ता व्यक्त भएको छ । दक्षिण कोरियाका राष्ट्रपति यून सुक/योलले उत्तर कोरियाले आफ्नै लापरवाहीको मूल्य चुकाउने चेतावनी दिएका छन् ।

Related News

इरानबाट दुई हजार १०६ जना अफगानिस्तानी शरणार्थी स्वदेश फर्किए
इरानबाट दुई हजार १०६ जना अफगानिस्तानी शरणार्थी स्वदेश फर्किए
  • २०७९ चैत्र ११, शनिबार १४:४१ गते

 अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आइतवार विज्ञप्तिमार्फत छिमेकी इरानबाट कुल दुई हजार १०६ जना अफगानिस्तानी शरणार्थी शनिबार स्वदेश...

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा
पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा
  • २०७९ चैत्र ११, शनिबार १४:४१ गते

दक्षिण एशियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा आर्थिक एवम् राजनीतिक सङ्कट गहिरिदै जाँदा दुवै देश विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम...

रुस युक्रेन युद्धको बिरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन
रुस युक्रेन युद्धको बिरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन
  • २०७९ चैत्र ११, शनिबार १४:४१ गते

रुस– युक्रेन युद्ध अझै जारी रहेको बखतमा एउटा अनौठा बिरोध प्रर्दशन भएको छ ।  जसअनुसार बिहीबार एक व्यक्तिले युक्रेनको समर्थनमा...

TOP