२०८० जेष्ठ २२
June 5, 2023, Monday

पेरिसमा प्रदर्शन हिसांत्मक बनेपछि बेलायती राजारानीको फ्रान्स भ्रमण स्थगित

पेरिसमा प्रदर्शन हिसांत्मक बनेपछि बेलायती राजारानीको फ्रान्स भ्रमण स्थगित

एजेन्सी, फ्रान्समा पेन्सन सुधार सम्बन्धी विषयलाई राजधानी पेरिसमा जारी विशाल प्रदर्शनका कारण बेलायती राजा चार्ल्सको राजकीय भ्रमण स्थगित भएको छ ।

शुक्रवार बकिंघम प्यालेसले बेलायती राजा चार्ल्स र रानी क्यामिलाको आइतवारदेखि बुधबारसम्म हुने भनिएको राजकीय भ्रमण अन्तिममा आएर स्थगित भएको हो ।

फ्रान्स सरकारले त्यहाँका नागरिकका लागि पेन्सन पाउने उमेर ६२ बाट बढाएर ६४ बनाइदिएपछि पेरिससहितका सहरमा विशाल प्रदर्शन गर्दै आएका छन, पछिल्लो समय सो प्रदर्शन हिंसात्मक बन्दैसमेत गएपछि बेलायती राजपरिवारको भ्रमण अन्तिममा स्थगित गर्नु परेको हो ।

फ्रान्सको चार दिने भ्रमण सकेर बेलायती राजपरिवार पेरिसवाट जर्मनी यात्रा गर्ने भ्रमण तालिका थियो ।

प्रददर्शन हिंसात्मक बन्दै गएपछि फ्रान्स र बेलायत सरकारबीच वार्तामार्फत् राजपरिवारको भ्रमण स्थगित गरिएको बेलायतस्थित बकिंघम प्यालेसका प्रवक्ताले जानकारी दिए ।

उनका अनुसार अर्को अनुकुल मिति उपलब्ध भएपछि चार्ल्सले फ्रान्स भ्रमण गर्नेछन् ।

Related News

इरानबाट दुई हजार १०६ जना अफगानिस्तानी शरणार्थी स्वदेश फर्किए
इरानबाट दुई हजार १०६ जना अफगानिस्तानी शरणार्थी स्वदेश फर्किए
  • २०७९ चैत्र ११, शनिबार ०८:२८ गते

 अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आइतवार विज्ञप्तिमार्फत छिमेकी इरानबाट कुल दुई हजार १०६ जना अफगानिस्तानी शरणार्थी शनिबार स्वदेश...

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा
पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा
  • २०७९ चैत्र ११, शनिबार ०८:२८ गते

दक्षिण एशियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा आर्थिक एवम् राजनीतिक सङ्कट गहिरिदै जाँदा दुवै देश विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम...

रुस युक्रेन युद्धको बिरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन
रुस युक्रेन युद्धको बिरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन
  • २०७९ चैत्र ११, शनिबार ०८:२८ गते

रुस– युक्रेन युद्ध अझै जारी रहेको बखतमा एउटा अनौठा बिरोध प्रर्दशन भएको छ ।  जसअनुसार बिहीबार एक व्यक्तिले युक्रेनको समर्थनमा...

TOP