२०८१ बैशाख ६
April 18, 2024, Thursday

अमेरिकामा भीषण आँधी, २६ जनाको ज्यान गयो, अर्बौँका संरचना ध्वस्त

अमेरिकामा भीषण आँधी, २६ जनाको ज्यान गयो, अर्बौँका संरचना ध्वस्त

एजेन्सी, अमेरिकी राज्य मिसिसिपीमा शक्तिशाली आँधीका कारण २६ जनाको ज्यान गएको छ ।

दर्जनौँ जना घाइते भएका छन् । आँधीले धेरै ग्रामीण सहरहरूलाई ध्वस्त पारेको छ । पश्चिमी शार्की काउन्टीको रोलिङ फोर्क लगभग पूर्ण रूपमा नष्ट भएको छ।

आँधीबेहरीले राज्यभरका समुदायहरूलाई विनाशकारी क्षति पुर्‍याएको छ । सयौँ भवन ध्वस्त भएका छन् भने गाडीलाई आँधीले उडाएर समुन्द्रमा पुर्‍याएको छ ।

आँधीले सडक र बिजुली अवरुद्ध हुँदा उद्दार र राहतमा कठिनाइ भएको छ । स्थानीय बासिन्दा ब्रान्डी शोहले सीएनएनलाई भनिन् “मैले यस्तो कहिल्यै देखेको थिइनँ‘ यो सुन्दर र सानो सहर थियो, र अब यो गएको छ।”

मिसिसिपी राज्यका गभर्नर टेट रिभ्सले क्षतिको संकलन र राहतको लागि आपतकालिन अवस्था घोषणा गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि मिसिसिपीका तस्बिरहरूलाई हृदयविदारक भनेर वर्णन गर्दै संघीय सरकारले सक्दो सहयोग गर्ने वाचा गरेका छन् ।

आइतबार बिहान अलाबामा र जर्जियाका केही भागहरूमा थप आँधी आउने र ठूलो असिना आउने सम्भावना छ।

Related News

म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
  • २०७९ चैत्र १२, आईतवार ०७:०० गते

याङ्गुन (म्यान्मा), वैशाख ३ गते । मध्य म्यानमारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै...

पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
  • २०७९ चैत्र १२, आईतवार ०७:०० गते

इस्लामावाद, चैत २९ गते । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५...

मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
  • २०७९ चैत्र १२, आईतवार ०७:०० गते

काठमाडौँ । अफ्रिकी देश मोजाम्बिकको समुद्रमा एउटा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै बालबालिका रहेको...

TOP