२०८० जेष्ठ २२
June 5, 2023, Monday

२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङलाई

२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङलाई

बुटवल, मनाङ मर्स्याङ्दी क्लबले तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २२औं संस्करणको उपाधि जितेको छ ।

बुटवलको एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ८–७ गोलले पराजित गर्दै मनाङले उपाधि हात पारेको हो । मनाङका लागि खेलको ५९ औं मिनेटमा कोफीले गोल गरेका थिए ।

१–१ गोलको बराबरीपछि टाइब्रेकरमा सुदूरपश्चिमलाई ८–७ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको मनाङले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ ।

उपविजेता सुदूरपश्चिम–११ ले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । सो प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँसहित एक थान मोटरसाइकल पुरस्कार पाएका छन् ।

यस्तै उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिएको छ ।

Related News

सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी
सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी
  • २०७९ चैत्र १२, आईतवार ०७:०७ गते

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट टोलीको प्रशिक्षणमा सामेल हुन दक्षिण अफ्रिका पठाउने तयारी...

मलेसियाविरुद्ध पाँच खेलको सिरिज जित्यो नेपालले
मलेसियाविरुद्ध पाँच खेलको सिरिज जित्यो नेपालले
  • २०७९ चैत्र १२, आईतवार ०७:०७ गते

 नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।  मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आइतबार भएको खेलमा...

नेपालले जित्यो मलेसियाबिरुद्ध महिला टी-२० शृखंला
नेपालले जित्यो मलेसियाबिरुद्ध महिला टी-२० शृखंला
  • २०७९ चैत्र १२, आईतवार ०७:०७ गते

जेठ २१, काठमाडौं । मलेसियाविरुद्धको महिला टी-२० शृखंला नेपालले जित्न सफल भएको छ । मलेसियाले दिएको ११० रनको लक्ष्य १९.२...

TOP