२०८० जेष्ठ २२
June 5, 2023, Monday

कांँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मन्त्री र उपनिर्वाचन उम्मेदवार टुङ्ग्याउने

कांँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मन्त्री र उपनिर्वाचन उम्मेदवार टुङ्ग्याउने

काठमाडौ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान ९ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो ।

मंगलबारको कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्री र आगामी उपनिर्वाचनका लागि उम्मेदवार छान्ने बताइएको छ ।

कांग्रेसले क–कसलाई मन्त्री बनाउनेबारे अहिलेसम्म टुंगो लगाइसकेको छैन । यसअघि बसेको कार्यसम्पादन समितिले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तलाई ध्यान दिँदै मन्त्री छान्ने मापदण्ड बनाएको थियो ।

यही मापदण्डका आधारमा सरकारमा पठाउने मन्त्रीबारे मंगलबारको कार्यसम्पादन समिति बैठकमा छलफल हुनेछ । कांग्रेसले सत्ता गठबन्धनका बैठकमा ८ मन्त्रालय दाबी गरेको छ । अर्थ, गृह, परराष्ट्र, रक्षालगायत महत्वपूर्ण मन्त्रालयमा कांग्रेसको दाबी छ ।

भोलिको कार्यसम्पादन समिति बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा पनि छलफल गर्नेछ ।

Related News

झापामा गर्मीका कारण एक बृद्धको मृत्यु
झापामा गर्मीका कारण एक बृद्धको मृत्यु
  • २०७९ चैत्र १३, सोमबार ०८:११ गते

 केहि दिनयता सुरु भएको अधिक गर्मीले झापाको जन जिवन प्रभावित बनेको छ । यसै क्रममा दमक नगरपालिका वडा नं ८...

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
  • २०७९ चैत्र १३, सोमबार ०८:११ गते

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत...

भुटानी शरणार्थी प्रकरण आजदेखि थुनछेक बहस शुरु, पुर्पक्षमा पठाउने नपठाउने निर्णय हुने
भुटानी शरणार्थी प्रकरण आजदेखि थुनछेक बहस शुरु, पुर्पक्षमा पठाउने नपठाउने निर्णय हुने
  • २०७९ चैत्र १३, सोमबार ०८:११ गते

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आजवाट शुरु हुँदैछ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न...

TOP