२०८१ बैशाख ६
April 18, 2024, Thursday

नेपाल र भुटानको खेल आज, पराजित भएपनि नेपाल फाइनल पुग्ने

नेपाल र भुटानको खेल आज, पराजित भएपनि नेपाल फाइनल पुग्ने

काठमाडौं, प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज नेपाल र भुटान खेल्दैछन् । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।

आजको खेलमा नेपाल दुई गोलअन्तरले पराजित भए पनि फाइनलमा पुग्नेछ । भुटान फाइनलमा पुग्न नेपालसँगको खेलमा ऐतिहासिक जीत आवश्यक छ । भुटानले नेपाललाई ३ गोलको अन्तरले हराएमा मात्रै फाइनल पुग्न सक्छ ।

आजको खेलमा फाइनल पुग्ने टोलीले उपाधिका लागि शुक्रवार लाओससँग खेल्नेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको थियो ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले आयोजना गरेको प्रतियोगितामा घरेलु टोली नेपालसहित भुटान र लाओस सहभागी छन् ।

Related News

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
  • २०७९ चैत्र १४, मंगलवार ०८:१५ गते

काठमाडौँ, एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ ।...

नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
  • २०७९ चैत्र १४, मंगलवार ०८:१५ गते

काठमाण्डाै – ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनकाे लक्ष्य दिएकाे छ । अल अमिरात...

नेपाललाई मलेसियाले दियाे १ सय ४४ रनकाे लक्ष्य
नेपाललाई मलेसियाले दियाे १ सय ४४ रनकाे लक्ष्य
  • २०७९ चैत्र १४, मंगलवार ०८:१५ गते

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटमा नेपाललाई मलेसियाले १ सय ४४ रनकाे लक्ष्य दिएकाे छ । ओमानकाे अल अमिरात क्रिकेट...

TOP