२०८० जेष्ठ २२
June 5, 2023, Monday

थ्री नेसन्स कपको उपाधिका लागि लाओससँग भिड्दै नेपाल

थ्री नेसन्स कपको उपाधिका लागि लाओससँग भिड्दै नेपाल

काठमाडौ, प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा आज आयोजक नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशालामा हुने फाइनल साँझ साँढे पाँच बजे सुरू हुनेछ । यसअघि, फिफा ब्रेकमा आयोजना गरिएको यस प्रतियोगिताले भने औपचारिक फिफा मान्यता नपाउने भएको छ ।

फिफा डे सकिसकेकाले नेपाल र लाओसबीचको फाइनल खेल अनौपचारिक मैत्रिपूर्ण हुनेछ । यो खेलले फिफा वरियतामा केही पनि असर पार्ने छैन ।

वरियतामा लाओस नेपालभन्दा १२ स्थान तल छ । नेपाल फिफा वरियताको १७५औं स्थानमा रहँदा लाओस १८७औं स्थानमा छ ।

वरियतामा पछि भएपनि लाओस मैदानमा नेपालको भन्दा उत्कृष्ट खेल प्रदर्शन गर्दै पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यमा छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालविरुद्ध राम्रो खेलेपनि गोल गर्न नसकेको लाओसले दोस्रो खेलमा भुटानलाई २-१ गोलको नतिजामा पराजित गरेको थियो ।

लिग चरणको अन्तिम खेलमा नेपालले भुटानसँग संघर्षपूर्ण बराबरी खेल्दा लाओसले फाइनल यात्रा तय तरेको थियो ।

अनौपचारिक नै भएपनि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेको लाओस आजको खेलमा नेपाललाई बलियो चुनौती पेश गर्ने लक्ष्यमा छ ।

प्रतियोगिताको पहिलो खेलमा दुई देशबीचको समय अन्तर ‘हाई अल्टिट्युड’ का कारणले उत्कृष्ट प्रदर्शन गर्न नसकेको र हारमा पनि खासै दुस्ख नभएको लाओसका मुख्य प्रशिक्षक माइकल वाइसले बताए । उनले भने,‘फाइनल राम्रो गर्नेछौं । घरेलु टीमलाई चुनौती दिनेछौं,’ ।

यस्तै, ‘घरेलु मैदानको फाइदा नेपाललाई छ । तर, हाम्रो सबै खेलाडी युवा छन् । उनीहरूका लागि परीक्षा हो यो खेल र हामी फाइनलका लागि सकारात्मक रूपमा तयार छौं ।

फाइनल जित्यौं भने त्यसले लाओस र लाओसका खेलाडीको जीवनमा महत्वपूर्ण अर्थ राख्छ । चाहे अन्तर्राष्ट्रिय दुनियाले मतलब गरोस या नगरोस,’ वाइसले थपे ।

लाओसका कप्तान सुकाफोन वोङ्चङखामले पनि फाइनलका लागि उत्साहित रहेको बताए ।

खेलाडी पलायनले नेपाली फुटबल अहिले संघर्षपूर्ण अवस्थामा छ । राष्ट्रिय टीमका आधाभन्दा बढी नियमित सदस्यहरु अष्ट्रेलिया पलायन भइसकेका छन् ।

नेपालले आज मिडफिल्डर पुजन उपरकोटीलाई यसअघिका दुई खेलमा पहेँलो कार्ड पाएका कारण गुमाउने छ । भुटानसँगको खेलमा घाइते भएका फरवार्ड अञ्जन विष्टले पनि सम्भवत फाइनल गुमाउने छन् ।

टीम जस्तो अवस्थाबाट गुज्रिएपनि फाइनलका लागि नेपाल शारीरिक र मानसिक दुवैरूपमा तयार रहेको नेपालका कप्तान किरणकुमार लिम्बूले बताए ।

‘हामी शारीरिक र मानिसिक दुवैरूपमा खेलका लागि तयार छौं । नेपाली टीममा धेरै चुनौतीहरू छन् । फिफा डे मा नभएपनि हामी फाइनल पुगेका छौं ।

सबैको आत्मविश्वास बढाउन पनि यो खेलमा जित निकाल्नु धेरै महत्वपूर्ण छ । यो अवस्थामा फाइनल यदी हामीले जित्यौं भने सबैलाई प्रेरणा मिल्छ,’ किरणले थपे ।

यस्तै, नेपालका प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एन्नेसले पनि सकारात्मक नतिजाको अपेक्षा गरेको र सबै नयाँ खेलाडीका लागि फाइनल एक अवसरको रूपमा रहेको बताए ।

‘सकारात्क नतिजाको अपेक्षा गरेका छौं । टीममा प्राय नयाँ खेलाडी छन् । सबैको लागि यो एक अवसर जस्तै हो । त्यसैले फाइनल भनेको फाइनल हो , डराउनु पर्ने केही छनै सबै पूर्ण रुपमा तयार हुनपर्छ,’ उनले भने ।

चैत ८ देखि सुरू भएको प्रतियोगितामा नेपाल र लाओससँग भुटानको सहभागिता रहेको थियो । सिंगल राउन्ड रोबिनमा भएको प्रतियोगितामा जितविहीन रहँदै भुटान बाहिरिएको थियो ।

नेपाल पहिलो खेलमा लाओसलाई २-० गोलको नतिजामा पराजित गर्दै र दोस्रोमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै ४ अंक जोडेर शीर्ष स्थानमा रहँदै फाइनल पुगेको थियो ।

लाओस भुटानलाई २-१ गोलको नतिजामा पराजित गर्दै फाइनल पुगेको थियो । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

 उपविजेताले ३ हजार डलर पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् ।

Related News

सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी
सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी
  • २०७९ चैत्र १७, शुक्रबार ०८:३० गते

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट टोलीको प्रशिक्षणमा सामेल हुन दक्षिण अफ्रिका पठाउने तयारी...

मलेसियाविरुद्ध पाँच खेलको सिरिज जित्यो नेपालले
मलेसियाविरुद्ध पाँच खेलको सिरिज जित्यो नेपालले
  • २०७९ चैत्र १७, शुक्रबार ०८:३० गते

 नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।  मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आइतबार भएको खेलमा...

नेपालले जित्यो मलेसियाबिरुद्ध महिला टी-२० शृखंला
नेपालले जित्यो मलेसियाबिरुद्ध महिला टी-२० शृखंला
  • २०७९ चैत्र १७, शुक्रबार ०८:३० गते

जेठ २१, काठमाडौं । मलेसियाविरुद्धको महिला टी-२० शृखंला नेपालले जित्न सफल भएको छ । मलेसियाले दिएको ११० रनको लक्ष्य १९.२...

TOP