२०८० चैत्र १६
March 29, 2024, Friday

आईपीएलमा साविक विजेता गुजरातको विजयी सुरुआत

आईपीएलमा साविक विजेता गुजरातको विजयी सुरुआत

एजेन्सी, साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

पहिलो खेल नै जित्दै उपाधि रक्षामा सुखद सुरुआत गरेको गुजरातले चेन्नाईविरुद्ध अपराजित यात्रासमेत कायम राखेको छ ।

गत सिजन आईपीएलमा डेब्यु गरेको गुजरातले यसअघि दुवै खेलमा चेन्नाईलाई पराजित गरेको थियो ।

शुक्रबार घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा चेन्नाईले दिएको १७८ रनको लक्ष्य गुजरातले १९।२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

गुरजातका लागि ओपनर शुभमन गिलले ३६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६३ रन बनाए ।

विजय शंकरले २१ बलमा २७, ऋद्धिमान शाहले १६ बलमा २५ तथा साई सुदर्शनले १७ बलमा २२ रन बनाए ।

केन विलियम्सन फिल्डिङका क्रममा घाइते भएपछि साई सुदर्शन इम्प्याक्ट प्लेयरको रुपमा मैदान प्रवेश गरेका थिए ।

गुजरातलाई जित दिलाउने काम अन्तिममा राहुल तेवाटिया र रासिद खानले पूरा गरे । तेवाटियाले १४ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित १५ रन बनाए । यस्तै रासिदले ३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै अविजित १० रन जोडे ।

चेन्नाईका लागि यसै खेलबाट आईपीएल डेब्यु गरेका राजवर्धन हंगारगेकरले ३ तथा तुसार देशपाण्डे र रविन्द्र जडेजाले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । चेन्नाईका लागि ओपनर रुतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्काको सहयोगमा ९२ रन बनाए ।

मोईन अलिले २३ र शिबम दुवेले १९ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले ७ बलमा १ चौका र १ छक्का मद्तमा अविजित १४ रन जोडे ।

गुजरातका मोहम्मद सामी, रासिद खान र अल्जारी जोसेफले २/२ विकेट लिए । रासिद खान प्लेअर अफ दि म्याच घोषित भए ।

Related News

नेपाल ‘ए’ र आयरल्यान्डबिचको पहिलो खेल रद्द
नेपाल ‘ए’ र आयरल्यान्डबिचको पहिलो खेल रद्द
  • २०७९ चैत्र १८, शनिबार ०९:१२ गते

काठमाडौँ, चैत १५ गते । नेपाल ‘ए’ र आयरल्यान्डबिचको बिहीबारका लागि तय भएको पहिलो खेल वर्षाका कारण रद्द भएको छ । तीन...

नेपालले आयरल्याण्ड उल्भ्सलाई दियो १ सय ९९ रनको लक्ष्य
नेपालले आयरल्याण्ड उल्भ्सलाई दियो १ सय ९९ रनको लक्ष्य
  • २०७९ चैत्र १८, शनिबार ०९:१२ गते

दोस्रो मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले आयरल्याण्ड उल्भ्सलाई एक सय ९९ रनको लक्ष्य दिएको छ । त्रिबि क्रिकेट मैदानमा टस जितेर...

आयरल्याण्ड्स उल्भ्ससँगको खेल जित्न नेपालले पायो १ सय २२ रनको लक्ष्य
आयरल्याण्ड्स उल्भ्ससँगको खेल जित्न नेपालले पायो १ सय २२ रनको लक्ष्य
  • २०७९ चैत्र १८, शनिबार ०९:१२ गते

काठमाण्डौ – आयरल्याण्ड्स उल्भ्ससँगको खेल जित्न नेपालले एक सय २२ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर...

TOP