२०८० चैत्र १५
March 28, 2024, Thursday

देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध

देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध

काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बिहान ६ बजे दिएको जानकारीअनुसार हाल लुम्बिनी, सुदूरपश्चिम, कोशी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। यस्तै मधेश प्रदेशका पनि एक दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित वर्षा भइरहेको छ।

‘काठमाडौँ उपत्यकामा भने अहिले वर्षा रोकिएको छ’, मौसमविद् झाले भने, ‘दिउँसोचाहिँ हिजोजस्तै मेघगर्जनरचट्याङसहित पानी पर्ने सम्भावना छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

साथै देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

महाशाखाका अनुसार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

‘रातिबाट यो प्रणाली (पानी पार्ने प्रणाली) कमजोर हुँदै जाने देखिएको छ’, मौसमविद् झाले भने, ‘यसो भनेर पानी नै नपर्ने भने होइन, पहाडी भेगमा वर्षाको सम्भावना छ, तर आजजस्तो धेरैतिर वर्षा हुँदैन।’

यसैबीच मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ– कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुनाले मेघगर्जनरचट्याङ तथा हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Related News

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७९ चैत्र १८, शनिबार ०८:३० गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ चैत्र १८, शनिबार ०८:३० गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
  • २०७९ चैत्र १८, शनिबार ०८:३० गते

काठमाडौं- नेपालमा सञ्चालित पाँचतारे होटलको संख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा...

TOP