२०८१ बैशाख ६
April 18, 2024, Thursday

लाओसलाई हराउँदै नेपालले जित्यो थ्री नेसन्स कप उपाधि

लाओसलाई हराउँदै नेपालले जित्यो थ्री नेसन्स कप उपाधि

काठमाडौ, प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली नेपालले जितेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा लाओसविरुद्ध २–१ को पुनरागमन जीत निकाल्दै उपाधि जितेको हो ।

नेपालको जीतमा आयुष घलान र मनिष डाँगीले एक/एक गोल गरे । खेलमा लाओसले १७ औँ मिनेटमा फोउचाङभोङ साङ्भिले सुरुआती अग्रता लियो ।

पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पास डिफ्लेक्ट हुँदा डिफेन्स लाइन बिट भएपछि उनले गोल गरेका थिए ।

२२ औँ मिनेटमा आयुष घलानले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । खेलको ८७औँ मिनेटमा मनिषले निर्णायक गोल गर्दै नेपाललाई २–१ को जीत दिलाए ।

नेपालले अपराजित रहँदै उपाधि जित्यो । योसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ । उपविजेता लाओसले ३ हजार डलर पाउनेछ ।

प्रतियोगितामा नेपालले पहिलो खेलमा लाओसलाई २–० ले हराएको थियो । दोस्रो खेलमा भने नेपाल भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो ।

Related News

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
  • २०७९ चैत्र १८, शनिबार ०८:१५ गते

काठमाडौँ, एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ ।...

नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
नेपाललाई हङकङले दियाे १ सय १५ रनकाे लक्ष्य
  • २०७९ चैत्र १८, शनिबार ०८:१५ गते

काठमाण्डाै – ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनकाे लक्ष्य दिएकाे छ । अल अमिरात...

नेपाललाई मलेसियाले दियाे १ सय ४४ रनकाे लक्ष्य
नेपाललाई मलेसियाले दियाे १ सय ४४ रनकाे लक्ष्य
  • २०७९ चैत्र १८, शनिबार ०८:१५ गते

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटमा नेपाललाई मलेसियाले १ सय ४४ रनकाे लक्ष्य दिएकाे छ । ओमानकाे अल अमिरात क्रिकेट...

TOP