२०८० जेष्ठ २२
June 5, 2023, Monday

हिमालयनलाई हराउँदै चर्च ब्वाइजले जित्यो सिमरा गोल्डकपको उपाधि

हिमालयनलाई हराउँदै चर्च ब्वाइजले जित्यो सिमरा गोल्डकपको उपाधि

बारा, सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा १० खेलाडीमा सीमित हिमालयन शेर्पालाई २–० गोलले हराउँदै चर्च ब्वाइजले उपाधि जितेको हो ।

बारास्थित सिमरा रंगशालामा भएको खेलमा हिमालयन छैटौँ मिनेटमै १० खेलाडीमा समेटियो । सेन्टर लाइनबाट बल अघि बढाउँदै शेर्पाको डि–एरिया प्रवेश गरेका चर्च ब्वाईजका रन्जित पान्द्रेलाई लडाएपछि रेफ्री नवीन्द्र महर्जनले डिफेन्डर दिवस उरावलाई रातो कार्ड दिएका थिए ।

३५ औँ मिनेटमा कप्तान मिलन राईले फ्रि–किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाए । दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै टोलीलाई उपाधि दिलाए ।

उपाधिसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँ नगद प्राप्त गर्‍यो । उपविजेता हिमालयन शेर्पाले ५ लाख रुपैयाँमा चिक्त बुझायो । विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेन्डर कमल श्रेष्ठ घोषित भए ।

यस्तै, उत्कृष्ट गोलरक्षकमा चर्चकै प्रिसो, डिफेन्डरमा फ्र्यांकलिन टाला, मिडफिल्डरमा सुवास गुरुङ र प्रशिक्षकमा प्रदीप हुमागाईं छानिए ।

Related News

सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी
सन्दीपलाई अफ्रिका पठाउने क्यानको तयारी
  • २०७९ चैत्र १९, आईतवार ०८:३० गते

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट टोलीको प्रशिक्षणमा सामेल हुन दक्षिण अफ्रिका पठाउने तयारी...

मलेसियाविरुद्ध पाँच खेलको सिरिज जित्यो नेपालले
मलेसियाविरुद्ध पाँच खेलको सिरिज जित्यो नेपालले
  • २०७९ चैत्र १९, आईतवार ०८:३० गते

 नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।  मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आइतबार भएको खेलमा...

नेपालले जित्यो मलेसियाबिरुद्ध महिला टी-२० शृखंला
नेपालले जित्यो मलेसियाबिरुद्ध महिला टी-२० शृखंला
  • २०७९ चैत्र १९, आईतवार ०८:३० गते

जेठ २१, काठमाडौं । मलेसियाविरुद्धको महिला टी-२० शृखंला नेपालले जित्न सफल भएको छ । मलेसियाले दिएको ११० रनको लक्ष्य १९.२...

TOP