२०८० चैत्र १५
March 28, 2024, Thursday

आईपीएलमा लखनउले दिल्ली र पञ्जाबले कोलकतालाई हरायो

आईपीएलमा लखनउले दिल्ली र पञ्जाबले कोलकतालाई हरायो

एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको छ ।

घरेलु मैदान लखनउमा भएको खेलमा पाहुना टोली दिल्लीलाई हराउँदै लखनउले विजयी सुरुवात गरेको हो ।

लखनउले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनायो ।

दिल्लीका कप्तान डेविड वार्नरले सर्वाधिक ५६ रन बनाए । लखनउका मार्क उडले ५ तथा आवेस खान र रवि बिष्नोईले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

लखनउका कायल मेयर्सले ७३ रनको अर्धशतकीय पारी खेले । दिल्लीका खलिल अहमद र चेतन साकरियाले समान २/२ तथा अक्षर पटेल र कुलदीप यादवले समान १/१ विकेट लिए ।

हिजो भएको पहिलो खेलमा पञ्जाब किङ्ग्सले कोलकता नाइट राइडर्सलाई डीएल पद्धतिमा ७ रनले हराएको थियो ।

मोहालीमा पञ्जाबले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको कोलकता १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि पञ्जाब डीएल पद्धतिका आधारमा ७ रनले विजयी भएको हो ।

Related News

नेपाल ‘ए’ र आयरल्यान्डबिचको पहिलो खेल रद्द
नेपाल ‘ए’ र आयरल्यान्डबिचको पहिलो खेल रद्द
  • २०७९ चैत्र १९, आईतवार ०८:३५ गते

काठमाडौँ, चैत १५ गते । नेपाल ‘ए’ र आयरल्यान्डबिचको बिहीबारका लागि तय भएको पहिलो खेल वर्षाका कारण रद्द भएको छ । तीन...

नेपालले आयरल्याण्ड उल्भ्सलाई दियो १ सय ९९ रनको लक्ष्य
नेपालले आयरल्याण्ड उल्भ्सलाई दियो १ सय ९९ रनको लक्ष्य
  • २०७९ चैत्र १९, आईतवार ०८:३५ गते

दोस्रो मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले आयरल्याण्ड उल्भ्सलाई एक सय ९९ रनको लक्ष्य दिएको छ । त्रिबि क्रिकेट मैदानमा टस जितेर...

आयरल्याण्ड्स उल्भ्ससँगको खेल जित्न नेपालले पायो १ सय २२ रनको लक्ष्य
आयरल्याण्ड्स उल्भ्ससँगको खेल जित्न नेपालले पायो १ सय २२ रनको लक्ष्य
  • २०७९ चैत्र १९, आईतवार ०८:३५ गते

काठमाण्डौ – आयरल्याण्ड्स उल्भ्ससँगको खेल जित्न नेपालले एक सय २२ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर...

TOP