२०८१ बैशाख ८
April 20, 2024, Saturday

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण

निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आयोगले बारा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिता विपरीत हुने गरी उनलाई के–कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो ? भनी स्पष्टीकरण सोधेको हो । 

‘तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लङ्घन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकामा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?’, आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ । आयोगका उपसचिव कमल ज्ञवालीले मुख्यमन्त्री यादवलाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको जानकारी दिए ।

Related News

सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
  • २०८० बैशाख १०, आईतवार ११:२३ गते

दोलखा,सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ् भने,५४ जना घाइते भएका छन्। दुर्घटनामा परी...

गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
  • २०८० बैशाख १०, आईतवार ११:२३ गते

लेखनाथ, वैशाख ७ गते । गण्डकी प्रदेशसभाको शुक्रबार सुरु भएको अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका...

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०८० बैशाख १०, आईतवार ११:२३ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

TOP