२०८० आश्विन १२
September 29, 2023, Friday

अस्पतालमा गर्भवती महिला मृत्यु प्रकरण : घटनाको छानविन गर्न समिति गठन गर्ने सहमति

अस्पतालमा गर्भवती महिला मृत्यु प्रकरण : घटनाको छानविन गर्न समिति गठन गर्ने सहमति

सिन्धुली अस्पतालमा गर्भवती महिलाको मृत्यु भएको घटनाको सत्य–तथ्य छानविन गर्न छानविन समिति गठन गर्ने सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा आज अस्पताल व्यवस्थापन समिति, सरोकारवाला निकाय र पीडित पक्षबीच भएको छलफलमा घटनाको सत्य–तथ्य छानविन गर्न छानविन समिति गठन गरिदिन बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको हो ।

उक्त समितिले गर्भवती महिलाको मृत्यु भएको घटनाको सबै प्राविधिक पक्षहरु अध्ययन गरी प्रतिवेदन पेश गर्ने सहमति भएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो ।

छानविन समितिमा वागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट तोकिएको चिकित्सक २ जना, जिल्ला स्वास्थ्य कार्यालयको प्रतिनिधि १ जना र पिडित पक्षबाट आमन्त्रित प्रतिनिधि १ जना रहने सहमति भएको छ ।

सर्वपक्षीय छलफलमा सिन्धुली अस्पताल व्यवस्थापनबाट अस्पतालका आन्तरिक सुधार तथा कार्यरत स्वास्थ्यकर्मीहरूको व्यवहारगत पक्षको सुधार गर्ने सहमति पनि भएको छ ।

Related News

अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान
अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान
  • २०८० जेष्ठ १०, बुधबार १३:३९ गते

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र...

प्रदेशको भ्रष्टाचारको कारण संघीयता बदनाम भयो : प्रभु साह
प्रदेशको भ्रष्टाचारको कारण संघीयता बदनाम भयो : प्रभु साह
  • २०८० जेष्ठ १०, बुधबार १३:३९ गते

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रदेशको भ्रष्टाचारको कारण संघीयता बदनाम भएको बताएका छन्...

दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन
दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन
  • २०८० जेष्ठ १०, बुधबार १३:३९ गते

चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ...

TOP