नेपाली क्रिकेट राष्ट्रिय/ टोलीका पूर्व क्रिकेटर सन्दीप लामिछाने आरोपित रहेको बालिका बलात्कार घटनाकी पीडित गौशाला-२६ को जन्म दर्ता अभिलेख वडा कार्यालयबाट हराएको छ । गौशाला २६ को जन्म दर्ता रहेको वडा कार्यालयले जिल्ला अदालत, काठमाडौँमा दोस्रो पटक पत्र पठाउन भनेपछि वडाले आफूसँग उक्त अभिलेख नभएको नवाफ दिएको हो ।
जिल्ला अदालत, काठमाडौँले पीडित गौशाला-२६ को ‘जन्म दर्ता किताबसहितको अभिलेखको सक्कल प्रति पेस गर्नू’ भनी लेखेको दोस्रो पत्रको जवाफमा वडा कार्यालयले दर्ता किताब र अभिलेख नरहेको भन्ने जवाफ दिएको हो ।
वडा कार्यालयले पीडित भनिएको किशोरीको जन्म दर्ता दुई ठाउँमा फरक फरक रहेको बताएको थियो । वडा कार्यालयले गत वर्ष १४ असार २०७९ मा जिल्ला प्रशासन कार्यालयमा गौशाला २६ को नागरिकताको प्रमाणपत्र सिफारिस गरिदिएको थियो । त्यति बेला उसले १८ जेठ २०६२ जन्म मिति उल्लेख गरेर सिफारिस पठाएको थियो । ५ भदौ २०७९ को बलात्कारको घटना हुनुभन्दा पहिले पीडितले नागरिकताको प्रमाणपत्र बनाएकी थिइन ।
बलात्कारको घटनापछि वडा कार्यालयले जन्म दर्ताको विवरण फेरेको पाइएको हो। वडा कार्यालयले जिल्ला अदालतमा पीडितको जन्म मिति १८ असार २०६१ रहेको विवरण पठाएको थियो । दुईथरी जन्म मिति उल्लेख गरेपछि पीडितका कानुन व्यवसायीहरूले इजलासमा प्रश्न उठाएका थिए ।
जिल्ला अदालतले वडा कार्यालयबाट दोस्रो पटक जन्म मितिको विवरण अनि जन्म दर्ता किताबको सक्कलप्रति मगाएको थियो । दोस्रो पटकसमेत उसले आफ्नो अभिलेखमा रहेको भन्दा विपरीत जन्म मिति पठाएको हो ।
गौशाला २६ को जन्म दर्ता रहेको अभिलेखमा पीडितको जन्म मिति १८ जेठ २०६२ उल्लेख गरिएको छ । तर अदालतमा बुझाइएको पत्रमा भने १८ असार २०६१ भनी लेखिएको छ । प्रहरीले ‘गौशाला २६’ भनी साङ्केतिक नाम दिएकोमा वडा कार्यालयले लापरबाहीपूर्वक ‘गौसल्ला’ भनी जवाफ पठाएको छ । पीडितको गोपनीयताका लागि लागि समाचारमा गौशाला द्दट को जन्म मिति रहेको जिल्ला, स्थानीय तह, वडा कार्यालय र कर्मचारीको नाम उल्लेख गरेका छैनौँ ।
काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजाम समेत...
सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै देशभरबाट काठमाडौं उत्रिएका आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा भिडन्त भएको छ।...
गोरखामा गोरखा दरौदी यातायातको यात्रुवाहक बस एक आपसमा ठोक्किएको छ । भीमसेन थापा गाउँपालिका–५ को बगुवामा बुधबार बिहान १० बजे...