२०८१ बैशाख ६
April 18, 2024, Thursday

जन्मदर्ता अभिलेख हराएकाे गौशाला-२६ को जिल्ला अदालत काठमाडौँलाई जवाफ

जन्मदर्ता अभिलेख हराएकाे गौशाला-२६ को जिल्ला अदालत काठमाडौँलाई जवाफ

नेपाली क्रिकेट राष्ट्रिय/ टोलीका पूर्व क्रिकेटर सन्दीप लामिछाने आरोपित रहेको बालिका बलात्कार घटनाकी पीडित गौशाला-२६ को जन्म दर्ता अभिलेख वडा कार्यालयबाट हराएको छ । गौशाला २६ को जन्म दर्ता रहेको वडा कार्यालयले जिल्ला अदालत, काठमाडौँमा दोस्रो पटक पत्र पठाउन भनेपछि वडाले आफूसँग उक्त अभिलेख नभएको नवाफ दिएको हो ।

जिल्ला अदालत, काठमाडौँले पीडित गौशाला-२६ को ‘जन्म दर्ता किताबसहितको अभिलेखको सक्कल प्रति पेस गर्नू’ भनी लेखेको दोस्रो पत्रको जवाफमा वडा कार्यालयले दर्ता किताब र अभिलेख नरहेको भन्ने जवाफ दिएको हो ।

वडा कार्यालयले पीडित भनिएको किशोरीको जन्म दर्ता दुई ठाउँमा फरक फरक रहेको बताएको थियो ।  वडा कार्यालयले गत वर्ष १४ असार २०७९ मा जिल्ला प्रशासन कार्यालयमा गौशाला २६ को नागरिकताको प्रमाणपत्र सिफारिस गरिदिएको थियो । त्यति बेला उसले १८ जेठ २०६२ जन्म मिति उल्लेख गरेर सिफारिस पठाएको थियो । ५ भदौ २०७९ को बलात्कारको घटना हुनुभन्दा पहिले पीडितले नागरिकताको प्रमाणपत्र बनाएकी थिइन ।

बलात्कारको घटनापछि वडा कार्यालयले जन्म दर्ताको विवरण फेरेको पाइएको हो। वडा कार्यालयले जिल्ला अदालतमा पीडितको जन्म मिति १८ असार २०६१ रहेको विवरण पठाएको थियो । दुईथरी जन्म मिति उल्लेख गरेपछि पीडितका कानुन व्यवसायीहरूले इजलासमा प्रश्न उठाएका थिए ।

जिल्ला अदालतले वडा कार्यालयबाट दोस्रो पटक जन्म मितिको विवरण अनि जन्म दर्ता किताबको सक्कलप्रति मगाएको थियो । दोस्रो पटकसमेत उसले आफ्नो अभिलेखमा रहेको भन्दा विपरीत जन्म मिति पठाएको हो ।

गौशाला २६ को जन्म दर्ता रहेको अभिलेखमा पीडितको जन्म मिति १८ जेठ २०६२ उल्लेख गरिएको छ । तर अदालतमा बुझाइएको पत्रमा भने १८ असार २०६१ भनी लेखिएको छ । प्रहरीले ‘गौशाला २६’ भनी साङ्केतिक नाम दिएकोमा वडा कार्यालयले लापरबाहीपूर्वक ‘गौसल्ला’ भनी जवाफ पठाएको छ । पीडितको गोपनीयताका लागि लागि समाचारमा गौशाला द्दट को जन्म मिति रहेको  जिल्ला, स्थानीय तह, वडा कार्यालय र कर्मचारीको नाम उल्लेख गरेका छैनौँ ।

Related News

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०८० जेष्ठ १४, आईतवार २१:२५ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
  • २०८० जेष्ठ १४, आईतवार २१:२५ गते

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०८० जेष्ठ १४, आईतवार २१:२५ गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

TOP