२०८१ बैशाख ४
April 16, 2024, Tuesday

अमेरिका अभिनेता डयानीमाथी बलात्कारकाे आराेप पुष्टी, गए ३० बर्ष जेलमा

अमेरिका अभिनेता डयानीमाथी बलात्कारकाे आराेप पुष्टी, गए ३० बर्ष जेलमा

अमेरिकन अभिनेता ड्यानी मास्टरसनले दुई महिला माथी बलात्कार गरेको पुष्टी भएको छ । लस एन्जलस काउन्टी जिल्ला अधिवक्ताका अनुसार उनी माथी लगाईएको कयौं आरोप मध्ये दुई महिलालाई बलात्कार गरेको आरोप पुष्टी भएपछि उनलाई जेल सजायँ तोकिएको हो ।

लस एन्जलसको एक अदालतमा बुधबार पुनः भएको सुनुवाईको क्रममा बलात्कारको तीनवटा मुद्दाहरू मध्ये दुईमा दोषी पाईएको हो । उनलाई सो अदालतले ३० बर्षको जेल सजाय तोकेको छ भने अदालतको फैसालासँगै उनलाई हत्कडी लगाएर नियन्त्रणमा लिईएको छ ।

‘अगाडि आएर साहसका साथ आफ्ना अनुभव साझा गर्ने तीन जना महिलालाई हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौं। तिनीहरूको साहस र शक्ति हामी सबैको लागि प्रेरणा भएको छ,’ जिल्ला अधिवक्ता ग्यासकोनले भने, ‘जब हामी निराश छौं कि जूरीले सबै गणनामा दोषी ठहराउन सकेन, हामी उनीहरूको निर्णयलाई सम्मान गर्छौं।’

‘दि ७० शो स्टार’ का ४७ वर्षीया अभिनेता ड्यानीले सन् २००१ र २००३ को बीचमा छुट्टाछुट्टै घटनामा आफ्नो घरमा तीनजना महिलालाई बलात्कार गरेको अभियोगमा दोषी प्रमाणित भएका हुन । यद्धपी, उनले सो आरोप भने अस्विकार गरेका छन ।

अदालतको फैसालासँगै अब उनले राज्य जेलमा ३० वर्षसम्म आजीवन जेल सजाय भोग्नु पर्नेछ । सो फैसालालगत्तै मास्टरसनलाई बुधबार हिरासतमा लिइएको सिएनएनले जानकारी दिएकाे छ ।

Related News

परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको शीर्ष १३ मा प्रवेश गर्न सफल
परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको शीर्ष १३ मा प्रवेश गर्न सफल
  • २०८० जेष्ठ १८, बिहीबार १२:२३ गते

काठमाडौ, परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको २२ औ संस्करणको अर्को चरणमा प्रवेश गर्न सफल भएकी छिन । गत नोभेम्बर १४...

द भ्वाइस अफ अमेरिकाको नकआउट विजेता बनिन् नेपाली मूलकी किशोरी परिजिता
द भ्वाइस अफ अमेरिकाको नकआउट विजेता बनिन् नेपाली मूलकी किशोरी परिजिता
  • २०८० जेष्ठ १८, बिहीबार १२:२३ गते

एजेन्सी, रोचक ब्लाइण्ड अडिसन र ब्याटल राउन्डपछि द भ्वाइसको अमेरिकी संस्करणमा नकआउट प्रतिस्पर्धा सुरु भएको छ । नेपाली मूलकी किशोरी...

कपिल शर्मा फेरि बुबा बन्दै
कपिल शर्मा फेरि बुबा बन्दै
  • २०८० जेष्ठ १८, बिहीबार १२:२३ गते

काठमाडौं,मंसिर ५भारतिय लोकप्रिय हाँस्यकलाकार कपिल शर्मा फेरि बुबा बन्दै छन् । यद्यपि कपिल र गिन्नीले यसबारे पुष्टि भने गरेका छैनन्...

TOP