२०८० चैत्र १६
March 29, 2024, Friday

कांग्रेस भित्रका सबै गुटलाई भत्काउनुपर्छः महामन्त्री थापा

कांग्रेस भित्रका सबै गुटलाई भत्काउनुपर्छः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटलाई भत्काउनुपर्ने बताउनुभएको छ। 

बिहीबार नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री थापाले कांग्रेस पुर्ननिर्माणका निम्ति सबै गुटलाई भत्काउनुपर्ने बताउनुभएको हो। उहाँले कांग्रेसलाई सुधार्नका लागि सबै गुट भत्काउनु आवश्यक रहेको बताउनुभयो। उहाँले कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाइहरुको साथ छोड्न आग्रह गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘‘आजको दिनमा नागरिकलाई सोध्यो भने कुशासन, भ्रष्टाचार, बेथिति यो तीन वटा कुराबाट आजित छ। पार्टीसँग मान्छे जोडिने भनेको आशाले जोडिने रहेछ। पार्टीले भविष्यप्रति आशावादी बनायो भने मान्छे आउँछ। कुशासन, बेथिति, भ्रष्टाचार छ। नेपाली कांग्रेसले कुशासन, बेथिति, भ्रष्टाचार म हटाउँछु र तिमीलाई आजभन्दा भोलि राम्रो बनाउँछु। राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्नसक्यो भने यो पार्टीको घर भरिन्छ। नयाँ मान्छे आउँछन्। नआउने कुरै छैन। कांग्रेस कमजोर हुने कुरै छैन। यो पार्टीको पुनःनिर्माण सम्भव छ। हामी बनाउने हो। तर कसरी सम्भव छ भने यो कोठाभित्र मान्छेलाई पस्न मन लाग्ने हामीले बनाउनुपर्ने छ।   अब यसलाई सुधार्ने हो भने कांग्रेसभित्र हामीले भएको गुट सबै भत्काउनुपर्छ।’’

महामन्त्री थापाले नागरिकहरु कुशासन, भ्रष्टाचार र बेथितिका कुराबाट आजित रहेको उल्लेख गर्दै कांग्रेसले यी तीन कुराहरुलाई हटाउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताउनुभयो। उहाँले कांग्रेसले मानिसलाई भविष्यप्रति आश्वस्त पार्न सकेमा मात्रै नयाँ मानिस पार्टीमा आउने बताउनुभयो। उहाँले कांग्रेसको पुनःनिर्माण सम्भव भएको बताउनुभयो। 

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०८० जेष्ठ १८, बिहीबार १७:२४ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०८० जेष्ठ १८, बिहीबार १७:२४ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०८० जेष्ठ १८, बिहीबार १७:२४ गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

TOP