दाङको घोराहीमा रहेको एक इलेकट्रोनिक पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । घोराही उपमहानगरपालिका –१५ को शहीदगेट रोडमा रहेको बञ्जाडे इलेकट्रोनिक पसलको गोदाम घरमा आगलागी हुँदा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।
गोदाममा लागेको आगो घोराही उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका उपरीक्षक वलीका अनुसार आज बिहान करिब साढे ११ बजेतिर पसलको गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रहरी प्रमुख वलीले भन्नुभयो, ‘इलेकट्रोनिक पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।’ उहाँले आगलागीको घट्ना दिउँसो भएको र समयमै आगो नियन्त्रणमा आउँदा क्षति कम भएको बताउनुभयो । उहाँका अनुसार प्रहरीले क्षतिको विवरण सङ्कलनको काम गरिरहेको प्रहरी प्रमुख वलीले जानकारी दिनुभयो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार...
काठमाडौँ, वैशाख ४ गते । काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने...
काठमाडौं।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका छन् ।पत्रकार सम्मेलनका क्रममा...