२०८० आश्विन ५
September 22, 2023, Friday

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

नेकपा (एकीकृत समाजवादी) ले आ.व ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव ०७८/७९ को आम्दानी र खर्चको विवरण  सार्वजनिक भएको हो ।

पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण गरी सार्वजनिकीकरण गरेको हो । सो आवमा पार्टीको कूल आम्दानी सात करोड १५ लाख ९० हजार तीन सय ७७ र कूल खर्च ६ करोड पाँच लाख २९ हजार पाँच सय २९ रहेको छ । यस्तै, एक करोड १० लाख ६० हजार आठ सय ४८ बचत रहेको पार्टीका पोलिट ब्यूरो सदस्य तथा आर्थिक विभागका प्रमुख सोमप्रसाद पाण्डेले बताउनुभयो । 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्यवस्थाबमोजिम पार्टीले डी.डी. अधिकारी एन्ड एसोसिएटमार्फत लेखापरीक्षण गरी निर्वाचन आयोगमा बुझाएको हिसाबलाई सार्वजनिक गरिएको पार्टीको लेखा प्रमुख खेमराज पौडेलले जानकारी दिनुभयो । रासस

Related News

नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
  • २०८० जेष्ठ १९, शुक्रबार १२:२६ गते

नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त...

देशैभरी आजपाद्धारा संविधानको अन्त्येष्टि यात्रा सम्पन्न
देशैभरी आजपाद्धारा संविधानको अन्त्येष्टि यात्रा सम्पन्न
  • २०८० जेष्ठ १९, शुक्रबार १२:२६ गते

काठमाडौं । सरकारले संविधान दिवस भव्यरुपमा मनाउँदै गर्दा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले सोही संविधानको विरोध अन्त्येष्टि यात्रा...

टीकापुर घटनाका संलग्न व्यक्ति बाल सुधार गृहबाट रिहा
टीकापुर घटनाका संलग्न व्यक्ति बाल सुधार गृहबाट रिहा
  • २०८० जेष्ठ १९, शुक्रबार १२:२६ गते

टीकापुर घटनामा संलग्न रहेका व्यक्ति पोखरा बाल सुधार गृहबाट रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी...

TOP