अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आइतवार विज्ञप्तिमार्फत छिमेकी इरानबाट कुल दुई हजार १०६ जना अफगानिस्तानी शरणार्थी शनिबार स्वदेश फर्किएको उल्लेख छ ।
‘इरानमा शरणार्थीका रूपमा वर्षौँसम्म बसेका २,१०६ अफगानी शरणार्थी शनिबार आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । शरणार्थीलाई उनीहरूको देश फर्काउने प्रक्रिया जारी छ,’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि मे ३१ मा मन्त्रालयले इरानबाट करिब २,८०० अफगान शरणार्थी फिर्ता भएको जानकारी दिएको थियो ।गत जनवरीदेखि करिब ६०,००० अफगान शरणार्थी इरानबाट स्वदेश फर्किएका छन् ।
२५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थी इरानमा बस्दै आएका छन् र त्यति नै सङ्ख्यामा अफगान शरणार्थी पाकिस्तानमा बसिरहेका छन् ।
अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगान शरणार्थीलाई स्वदेश फर्कन र पुनःनिर्माण प्रक्रियामा योगदान दिन आह्वान गर्दै आएको छ ।
भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनका विदेशमन्त्री वाङ यीलाई सेन्ट पिटर्सबर्गमा भेटवार्ता गर्नुहुने भएको छ । रुसी राष्ट्रपतिको कार्यालयका अनुसार...
संयुक्त राज्य अमेरिकाले नेपालको संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेको छ । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले विज्ञप्तिमार्फत अमेरिकाको...