केहि दिनयता सुरु भएको अधिक गर्मीले झापाको जन जिवन प्रभावित बनेको छ । यसै क्रममा दमक नगरपालिका वडा नं ८ का ६७ वर्षीय मोतिराज राई (राई कान्छा) को अधिक गर्मीका कारण मृत्यु भएको बताईएको छ ।
आइतबार दिउँसो राईलाई स्थानीय मकैबारीमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको वडा नं. ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालले बताउनुभयो । उहाँ मजदुरी गरेर जिविको पार्जन गर्दै आउनुभएको थियो ।
अल्कोहल सेवन गरेको र मकैबारीमा लडेपछि उठ्न नसक्दा गर्मीका कारण ज्यान गएको भन्ने बुझिएको छ, वडाध्यक्ष दाहालले भन्नुभयो । खाना खाएर राई घरबाट निस्केको पनि बताईएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाका अनुसार घाँस काट्न जाँदा बारीमा मृत अवस्थामा बृद्धलाई स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७...
सुमेरु किड्नी अस्पतालको बेड नं. २३१; जहाँ अहिले नेपाली कांग्रेसमा पुराना नेता तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल चिकित्सकको नियमित निरीक्षणमा छन् ।...
महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चारजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...