२०८० आश्विन ५
September 22, 2023, Friday

देशका सबै अस्पताललाई १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

देशका सबै अस्पताललाई १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ ।

मन्त्रालयका उपसचिव एकदेव खनालले सात सय ५३ वटै स्थानीय तह र सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई आज छुट्टाछुट्टै पत्रचार गरी कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीका लागि शय्या छुट्याइ निःशुल्क उपचारको व्यवस्था गराउन निर्देशन दिएका हुन् ।

यसअघि मन्त्रालयले दुई पटक ती अस्पताललाई निःशुल्क उपचार गर्न गराउन निर्देशन दिइसकेको छ । स्थानीय तहलाई निःशुल्क उपचारको व्यवस्थामा समन्वय गरिदिन हुन निर्देशन दिइएको छ । पत्रमा ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय, बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट गर्ने गराउने र सो सिफारिसका आधारमा गरिब पहिचान परिचयपत्र समेतलाई आधार मानी कूल शय्याको १० प्रतिशत बिरामीको निःशुल्क उपचार अनिवार्य गर्न गराउन अनुरोध गरिएको छ ।

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम मन्त्रालयबाट स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या छु्ट्याइ निःशुल्क उपचार अनिवार्य रुपमा गराउनुपर्ने छ भनि उल्लेख गरिएको छ ।

मन्त्रालयले कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराए/नगराएको नियमित अनुगमन हुने जनाएको छ । शनिबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पनि अस्पताल अनुगमनका क्रममा १० प्रतिशत शय्या निःशुल्क उपचार गर्न निर्देशन दिएकाे थियाे ।

Related News

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने
  • २०८० जेष्ठ २१, आईतवार १६:३५ गते

 किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन...

हेटौँडा अस्पतालका डाक्टरद्वारा सामूहिक राजीनामा, मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा ठप्प
हेटौँडा अस्पतालका डाक्टरद्वारा सामूहिक राजीनामा, मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा ठप्प
  • २०८० जेष्ठ २१, आईतवार १६:३५ गते

हेटाैँडाको सञ्चाे अस्पतालका दुई जना डाक्टरमाथि भएको कुटपिटको विरोधमा हेटाैँडा अस्पतालसहित मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा...

आजदेखि क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाउन शुरु
आजदेखि क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाउन शुरु
  • २०८० जेष्ठ २१, आईतवार १६:३५ गते

देशभरका सबै उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’का खोप उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले...

TOP