२०८० आश्विन ४
September 21, 2023, Thursday

नेपालले जित्यो मलेसियाबिरुद्ध महिला टी-२० शृखंला

नेपालले जित्यो मलेसियाबिरुद्ध महिला टी-२० शृखंला

जेठ २१, काठमाडौं । मलेसियाविरुद्धको महिला टी-२० शृखंला नेपालले जित्न सफल भएको छ । मलेसियाले दिएको ११० रनको लक्ष्य १९.२ ओभरमा पुरा गर्दै नेपालले मलेसियासँगको अन्तिम खेल ३ विकेटले जित्न सफल भएको हो । 

शृखंलाको पाँचौ तथा निर्णायक खेलमा युकेएम-वाईएसडी ओभलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १०९ रन बनाएको थियो ।

यसअघिको चार खेलमा नेपाल र मलेसियाले २-२ खेल जितेको थियो । आजको खेल जितेसंगै नेपालले सृंखला जितेको हो । 

घरेलु टोली मलेसियाले जितका लागि दिएको ११० रनको लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।

नेपाललाई जिताउन सिता राना मगरले ३४ रन बनाइन् । रुबिना क्षेत्रीले २३ तथा अप्सरी बेगमले १५ रन बनाइन् ।

पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा १०९ रन बनाएको थियो ।

मलेसियाको लागि ओपनर वान जुलियाले सर्वाधिक ४७ रन बनाइन् । विनफ्रेड दुराइसिंगमले २४ र माहिरा इजातीले २० रन बनाइन् ।

पहिलो विकेटका लागि वान जुलिया र विनफ्रेड दुराइसिंगमले ३८ रनको साझेदारी गरेका थिए । नेपालकी कविता जोशीले आठौं ओभरमा विनफ्रेडलाई एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडिन् । त्यही ओभरमा कप्तान मास एलिसालाई कविताले जोशीले एलबीडब्लु आउट गरिन् ।

त्यसपछि वान जुलिया र माहिरा इजातीले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । इश्वरी विष्टले १९औं ओभरमा माहिरालाई आउट गर्दै यो साझेदारी तोडिन् ।

अन्तिम ओभरमा मलेसियाका दुई खेलाडी रनआउट भए ।

नेपालको लागि कविता जोशीले ४ ओभरमा १२ रन मात्र खर्चिएर २ विकेट लिए । ईश्वरीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् ।

Related News

१९ वर्षमुनिकाे साफ च्याम्पियनशिपमा भारतकाे विजयी शुरुवात
१९ वर्षमुनिकाे साफ च्याम्पियनशिपमा भारतकाे विजयी शुरुवात
  • २०८० जेष्ठ २१, आईतवार १६:२६ गते

१९ वर्षमुनिकाे साफ च्याम्पियनशिपमा भारतले विजयी शुरुवात गरेकाे छ । आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा भारतले बङ्गलादेशलाई ३–०...

एसिया कपमा १० विकेट लिएका सिराज बने नम्बर १ बलर
एसिया कपमा १० विकेट लिएका सिराज बने नम्बर १ बलर
  • २०८० जेष्ठ २१, आईतवार १६:२६ गते

एसिया कप क्रिकेटकाे फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय बलर माेहम्मद सिराज आईसीसीकाे एकदिवसीय वरीयतामा पहिलाे नम्बरमा उक्लिएका छन् । एकदिवसीय...

एसियाली खेलकुद : पुरुष भलिबलमा नेपाल बहराइनसँग पराजित
एसियाली खेलकुद : पुरुष भलिबलमा नेपाल बहराइनसँग पराजित
  • २०८० जेष्ठ २१, आईतवार १६:२६ गते

१९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ । चीनकाे हाङझाउमा भएको खेलमा नेपाल आफ्नो पहिलो खेलमा बहराइनसँग...

TOP