२०८० आश्विन ५
September 22, 2023, Friday

मलेसियाविरुद्ध पाँच खेलको सिरिज जित्यो नेपालले

मलेसियाविरुद्ध पाँच खेलको सिरिज जित्यो नेपालले

 नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । 

मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले पाँच खेलको सिरिज ३–२ ले आफ्नो पक्षमा पार्‍यो। 

मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ बलमा ६ चौकाको मद्दतमा ३४ रनको योगदान दिइन् । त्यसैगरी कप्तान रुविना क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाइन् । अप्सरी बेगम १५ रनमा अविजित रहँदा ज्योती पान्डेले ११ रन जोडिन् । मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९ रन बनाएको थियो । मलेसियाका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाइन् भने विनिफ्रेड दुराईसिङ्घमले २५ बलमा २४ रन जोडिन् । त्यस्तै महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाइन् । 

बलिङतर्फ नेपालकी कविता जोशीले दुई विकेट लिइन भने ईश्वरी विष्टले एक विकेट झारिन् । यसअघि भएको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपालले २७ रनले विजयी हुँदा चौथो खेलमा मलेसियाले नेपाललाई ६ विकेटले हराएको थियो । 

Related News

१९ वर्षमुनिकाे साफ च्याम्पियनशिपमा भारतकाे विजयी शुरुवात
१९ वर्षमुनिकाे साफ च्याम्पियनशिपमा भारतकाे विजयी शुरुवात
  • २०८० जेष्ठ २१, आईतवार १७:०२ गते

१९ वर्षमुनिकाे साफ च्याम्पियनशिपमा भारतले विजयी शुरुवात गरेकाे छ । आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा भारतले बङ्गलादेशलाई ३–०...

एसिया कपमा १० विकेट लिएका सिराज बने नम्बर १ बलर
एसिया कपमा १० विकेट लिएका सिराज बने नम्बर १ बलर
  • २०८० जेष्ठ २१, आईतवार १७:०२ गते

एसिया कप क्रिकेटकाे फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने भारतीय बलर माेहम्मद सिराज आईसीसीकाे एकदिवसीय वरीयतामा पहिलाे नम्बरमा उक्लिएका छन् । एकदिवसीय...

एसियाली खेलकुद : पुरुष भलिबलमा नेपाल बहराइनसँग पराजित
एसियाली खेलकुद : पुरुष भलिबलमा नेपाल बहराइनसँग पराजित
  • २०८० जेष्ठ २१, आईतवार १७:०२ गते

१९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ । चीनकाे हाङझाउमा भएको खेलमा नेपाल आफ्नो पहिलो खेलमा बहराइनसँग...

TOP