२०८० आश्विन ५
September 22, 2023, Friday

साठी लाख कमाउनेले अठार लाख ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने

साठी लाख कमाउनेले अठार लाख ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने

 वार्षिक ६० लाख रुपैयाँमा करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आयकरको ‘स्ल्याब’ मा परिवर्तन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । बजेटमा गरिएको व्यवस्था अनुसार आयकर ऐनमा संशोधन गर्दै सरकारले ६० लाख रुपैयाँ करयोग्य आयमा एकल व्यक्तिको हकमा सो व्यवस्था गरेको हो । दम्पतीको हकमा भने उक्त बराबरको आयमा १८ लाख २६ हजार रुपैयाँ तिर्नुपर्ने छ ।

संशोधित आयकरको व्यवस्थामा मुख्य गरी आयका दुई वटा स्ल्याबमा परिवर्तन गरिएको छ । बाँकी स्ल्याबमा भने चालु आवकै व्यवस्था निरन्तर गरिएको छ ।

पुरानै निरन्तरता पाएकामा पाँच लाखसम्मको करयोग्य आयमा एकल व्यक्ति एक प्रतिशत अर्थात् पाँच हजार रुपियाँ र दम्पतीको हकमा छ लाख रुपैयाँसम्मको आम्दानीमा समान एक प्रतिशत अर्थात् छ लाख रुपैयाँ आयकर तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै पाँच लाखभन्दा बढी सात लाखसम्म वार्षिक आम्दानी गर्ने एकल व्यक्तिको १० प्रतिशत अर्थात् २० हजार रुपैयाँ र छ लाखभन्दा बढी आठ लाखसम्म आम्दानी गर्ने दम्पतीको १० प्रतिशत अर्थात् अधिकतम २० हजार रुपैयाँ कर थप हुने छ ।

सात लाखभन्दा बढी १० लाखसम्मको आम्दानी गर्ने एकल व्यक्तिले २० प्रतिशत अर्थात् अधिकतम ६० हजार रुपैयाँ कर थप गरेर तिर्नुपर्ने छ । आठ लाखभन्दा बढी ११ लाखसम्मको आम्दानीमा २० प्रतिशत अर्थात् अधिकतम ६० हजार रुपैयाँ कर थप गर्नुपर्ने छ । १० लाखभन्दा बढी २० लाखसम्मको आम्दानीमा एकल व्यक्तिले ३० प्रतिशत अर्थात् अधिकतम तीन लाख र ११ लाखभन्दा बढी २० लाखसम्म आम्दानी गर्ने दम्पतीको हकमा ३० प्रतिशत अर्थात् अधिकतम दुई लाख ७० हजार रुपैयाँ थप कर तिर्नुपर्ने छ । करको यी व्यवस्था चालु आवकै निरन्तरता हुन् ।

आगामी आर्थिक वर्षदेखि लागु हुने गरी दुई वटा करको स्ल्याब थप गरिएको छ । जसमध्ये २० लाखभन्दा ५० लाखसम्मको आम्दानीमा एकल व्यक्ति तथा दम्पतीले अधिकतम ३६ प्रतिशत अर्थात् अधिकतम १० लाख ८० हजार रुपैयाँ कर थप गरेर तिर्नुपर्ने छ । चालु आर्थिक वर्षमा २० लाखभन्दा बढी जुनसुकै भए पनि ३६ प्रतिशत कर बुझाउनुपर्ने व्यवस्था भए पनि सरकारले यसमा ५० लाख रुपैयाँसम्मको आम्दानी तोकेर अर्को स्ल्याब बनाएको हो ।

५० लाखभन्दा माथि जतिसुकै करयोग्य आय भएमा कुल ३९ प्रतिशत अर्थात् तीन लाख ९० हजार थप कर तिर्नुपर्ने छ । यसरी ३९ प्रतिशत करको दर निर्धारण गर्दा ३० प्रतिशत आयकर लाग्ने स्ल्याब अनुसार निर्धारण हुने करमा थप ३० प्रतिशत थप गरेर निर्धारण गरिएको छ । आयकरको यो संशोधन आगामी आव अर्थात् साउनदेखि लागु हुने छ ।

Related News

युरो क्षेत्रको आर्थिक वृद्धि ०.८ प्रतिशतमा खुम्चिने प्रक्षेपण
युरो क्षेत्रको आर्थिक वृद्धि ०.८ प्रतिशतमा खुम्चिने प्रक्षेपण
  • २०८० जेष्ठ २१, आईतवार १७:३० गते

युरोपेली आयोगले सन् २०२३ र २०२४ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको पूर्वानुमानमा कटौती गरेको छ । सन् २०२३ मा...

सेयरबजारकोे गिरावट छिट्टै रोकिने अर्थमन्त्रीको दाबी
सेयरबजारकोे गिरावट छिट्टै रोकिने अर्थमन्त्रीको दाबी
  • २०८० जेष्ठ २१, आईतवार १७:३० गते

अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयरबजारमा आएको गिरावटलाई सरकारले गम्भीररूपमा लिएको बताएका छन् । उनले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै लगानीकर्ताको रकम...

सन् २०२३ मा दुई लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन
सन् २०२३ मा दुई लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन
  • २०८० जेष्ठ २१, आईतवार १७:३० गते

 श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्ष हालसम्म दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीमा गएका छन् । सन् २०२२...

TOP