२०८१ बैशाख ८
April 20, 2024, Saturday

झापामा गर्मीका कारण एक बृद्धको मृत्यु

झापामा गर्मीका कारण एक बृद्धको मृत्यु

 केहि दिनयता सुरु भएको अधिक गर्मीले झापाको जन जिवन प्रभावित बनेको छ । यसै क्रममा दमक नगरपालिका वडा नं ८ का ६७ वर्षीय मोतिराज राई (राई कान्छा) को अधिक गर्मीका कारण मृत्यु भएको बताईएको छ ।

आइतबार दिउँसो राईलाई स्थानीय मकैबारीमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको वडा नं. ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालले बताउनुभयो ।  उहाँ मजदुरी गरेर जिविको पार्जन गर्दै आउनुभएको थियो । 

अल्कोहल सेवन गरेको र मकैबारीमा लडेपछि उठ्न नसक्दा गर्मीका कारण ज्यान गएको भन्ने बुझिएको छ, वडाध्यक्ष दाहालले भन्नुभयो । खाना खाएर राई घरबाट निस्केको पनि बताईएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाका अनुसार घाँस काट्न जाँदा बारीमा मृत अवस्थामा बृद्धलाई स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 

Related News

सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
सिन्धुपाल्चोक बस दुर्घटनामा परेर मृत्यु हुने तिनै जना दोलखाका,२७ जना घाइतेको उपचार हुँदै
  • २०८० जेष्ठ २१, आईतवार १७:२० गते

दोलखा,सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ् भने,५४ जना घाइते भएका छन्। दुर्घटनामा परी...

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०८० जेष्ठ २१, आईतवार १७:२० गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०८० जेष्ठ २१, आईतवार १७:२० गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

TOP