२०८१ बैशाख ५
April 17, 2024, Wednesday

देशका सबै अस्पताललाई १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

देशका सबै अस्पताललाई १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ ।

मन्त्रालयका उपसचिव एकदेव खनालले सात सय ५३ वटै स्थानीय तह र सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई आज छुट्टाछुट्टै पत्रचार गरी कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीका लागि शय्या छुट्याइ निःशुल्क उपचारको व्यवस्था गराउन निर्देशन दिएका हुन् ।

यसअघि मन्त्रालयले दुई पटक ती अस्पताललाई निःशुल्क उपचार गर्न गराउन निर्देशन दिइसकेको छ । स्थानीय तहलाई निःशुल्क उपचारको व्यवस्थामा समन्वय गरिदिन हुन निर्देशन दिइएको छ । पत्रमा ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय, बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट गर्ने गराउने र सो सिफारिसका आधारमा गरिब पहिचान परिचयपत्र समेतलाई आधार मानी कूल शय्याको १० प्रतिशत बिरामीको निःशुल्क उपचार अनिवार्य गर्न गराउन अनुरोध गरिएको छ ।

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम मन्त्रालयबाट स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या छु्ट्याइ निःशुल्क उपचार अनिवार्य रुपमा गराउनुपर्ने छ भनि उल्लेख गरिएको छ ।

मन्त्रालयले कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराए/नगराएको नियमित अनुगमन हुने जनाएको छ । शनिबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पनि अस्पताल अनुगमनका क्रममा १० प्रतिशत शय्या निःशुल्क उपचार गर्न निर्देशन दिएकाे थियाे ।

Related News

काठमाडौँको प्रदूषण अझै अस्वस्थ
काठमाडौँको प्रदूषण अझै अस्वस्थ
  • २०८० जेष्ठ २१, आईतवार १६:३५ गते

काठमाडौँ, वैशाख ३ गते । काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलो र...

नयाँ औषधी ऐन ल्याइँदै
नयाँ औषधी ऐन ल्याइँदै
  • २०८० जेष्ठ २१, आईतवार १६:३५ गते

काठमाडौँ, चैत ३० गते । नेपालमा ४६ वर्षपछि औषधी ऐन फेरिने भएको छ । औषधी व्यवस्था विभागले औषधी ऐन २०३५ लाई प्रतिस्थापन...

नेपालगन्जमा क्षयरोगी पहिचान अभियान सञ्चालन
नेपालगन्जमा क्षयरोगी पहिचान अभियान सञ्चालन
  • २०८० जेष्ठ २१, आईतवार १६:३५ गते

नेपालगन्ज, चैत २९ गते । नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्र लुप्त अवस्थामा रहेका क्षयरोगीको पहिचान गर्न अभियान सञ्चालन गर्ने भएको छ । उपमहानगरका स्वास्थ्य...

TOP