२०८० चैत्र १६
March 29, 2024, Friday

साठी लाख कमाउनेले अठार लाख ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने

साठी लाख कमाउनेले अठार लाख ५५ हजार रुपैयाँ कर तिर्नुपर्ने

 वार्षिक ६० लाख रुपैयाँमा करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आयकरको ‘स्ल्याब’ मा परिवर्तन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । बजेटमा गरिएको व्यवस्था अनुसार आयकर ऐनमा संशोधन गर्दै सरकारले ६० लाख रुपैयाँ करयोग्य आयमा एकल व्यक्तिको हकमा सो व्यवस्था गरेको हो । दम्पतीको हकमा भने उक्त बराबरको आयमा १८ लाख २६ हजार रुपैयाँ तिर्नुपर्ने छ ।

संशोधित आयकरको व्यवस्थामा मुख्य गरी आयका दुई वटा स्ल्याबमा परिवर्तन गरिएको छ । बाँकी स्ल्याबमा भने चालु आवकै व्यवस्था निरन्तर गरिएको छ ।

पुरानै निरन्तरता पाएकामा पाँच लाखसम्मको करयोग्य आयमा एकल व्यक्ति एक प्रतिशत अर्थात् पाँच हजार रुपियाँ र दम्पतीको हकमा छ लाख रुपैयाँसम्मको आम्दानीमा समान एक प्रतिशत अर्थात् छ लाख रुपैयाँ आयकर तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै पाँच लाखभन्दा बढी सात लाखसम्म वार्षिक आम्दानी गर्ने एकल व्यक्तिको १० प्रतिशत अर्थात् २० हजार रुपैयाँ र छ लाखभन्दा बढी आठ लाखसम्म आम्दानी गर्ने दम्पतीको १० प्रतिशत अर्थात् अधिकतम २० हजार रुपैयाँ कर थप हुने छ ।

सात लाखभन्दा बढी १० लाखसम्मको आम्दानी गर्ने एकल व्यक्तिले २० प्रतिशत अर्थात् अधिकतम ६० हजार रुपैयाँ कर थप गरेर तिर्नुपर्ने छ । आठ लाखभन्दा बढी ११ लाखसम्मको आम्दानीमा २० प्रतिशत अर्थात् अधिकतम ६० हजार रुपैयाँ कर थप गर्नुपर्ने छ । १० लाखभन्दा बढी २० लाखसम्मको आम्दानीमा एकल व्यक्तिले ३० प्रतिशत अर्थात् अधिकतम तीन लाख र ११ लाखभन्दा बढी २० लाखसम्म आम्दानी गर्ने दम्पतीको हकमा ३० प्रतिशत अर्थात् अधिकतम दुई लाख ७० हजार रुपैयाँ थप कर तिर्नुपर्ने छ । करको यी व्यवस्था चालु आवकै निरन्तरता हुन् ।

आगामी आर्थिक वर्षदेखि लागु हुने गरी दुई वटा करको स्ल्याब थप गरिएको छ । जसमध्ये २० लाखभन्दा ५० लाखसम्मको आम्दानीमा एकल व्यक्ति तथा दम्पतीले अधिकतम ३६ प्रतिशत अर्थात् अधिकतम १० लाख ८० हजार रुपैयाँ कर थप गरेर तिर्नुपर्ने छ । चालु आर्थिक वर्षमा २० लाखभन्दा बढी जुनसुकै भए पनि ३६ प्रतिशत कर बुझाउनुपर्ने व्यवस्था भए पनि सरकारले यसमा ५० लाख रुपैयाँसम्मको आम्दानी तोकेर अर्को स्ल्याब बनाएको हो ।

५० लाखभन्दा माथि जतिसुकै करयोग्य आय भएमा कुल ३९ प्रतिशत अर्थात् तीन लाख ९० हजार थप कर तिर्नुपर्ने छ । यसरी ३९ प्रतिशत करको दर निर्धारण गर्दा ३० प्रतिशत आयकर लाग्ने स्ल्याब अनुसार निर्धारण हुने करमा थप ३० प्रतिशत थप गरेर निर्धारण गरिएको छ । आयकरको यो संशोधन आगामी आव अर्थात् साउनदेखि लागु हुने छ ।

Related News

बजेट लेखन समिति गठन
बजेट लेखन समिति गठन
  • २०८० जेष्ठ २१, आईतवार १७:३० गते

काठमाडौं- अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले...

चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
  • २०८० जेष्ठ २१, आईतवार १७:३० गते

काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १० दशमलव ७३ अंंकले ओरालो लागेको बजार परिसुचक नेप्से...

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
  • २०८० जेष्ठ २१, आईतवार १७:३० गते

काठमाण्डाै – नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता...

TOP