२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

चैते धान प्रवर्द्धन गर्न कृषकलाई अनुदान

चैते धान प्रवर्द्धन गर्न कृषकलाई अनुदान

 कृषि ज्ञानकेन्द्र तनहुँले चैते धानखेती प्रवद्र्धन गर्न कृषकलाई अनुदान दिएको छ । चैतेधान प्रवद्र्धन कार्यक्रममार्फत कृषकलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको हो । 

किसानलाई चैते धानखेतीमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम लागू गरिएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो । जमिन बाँझो राख्नेक्रम बढेपछि ठूलो परिमाणमा भारतबाट चिउरा र चामल आयात गर्नुपर्ने बाध्यता भएकाले चैतेधान प्रवद्र्धन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ढुवानी, बीउ, सिँचाइ, उपकरण खरिदमा अनुदानको व्यवस्था गरिएको छ । 

कार्यालयले अनुदान दिन थालेपछि चैते धान खेतीमा किसानको आकर्षण बढेको कार्यालयले जनाएको छ । धानको बीउमा ७५ प्रतिशत अनुदान र सिँचाइअन्तर्गत कुलो निर्माण र मर्मतमा ८५ प्रतिशत अनुदानको व्यवस्था गरिएको ज्ञान केन्द्रका सूचना अधिकारी परियारले बताउनुभयो । उहाँका अनुसार जिल्लाको पाँच हजार ३६ रोपनी जमिनमा चैते धानखेती गर्न १५ वटा कृषक समूह तथा सहकारी समावेश गरिएको छ । उक्त समूह र सहकारीलाई छ टन धानको बीउ अनुदानमा वितरण गरिएको छ । 

कार्यक्रमका लागि एक करोड ५० लाख बजेट विनियोजन भई कृषक समूह तथा सहकारीसँग सम्झौता गरिएको छ । कार्यक्रमअन्तर्गत धान चुट्ने थे्रसर, खेत जोत्ने मिनिटिलर तथा ट्र्याक्टरमा अनुदानको व्यवस्था गरिएको छ । सबैभन्दा धेरै बजेट ८२ लाख ५० हजार सिँचाइका लागि विनियोजन गरिएको छ । चैते धान विशेष गरी चिउराका लागि प्रयोग गरिने तर खेत बाँझो हुँदा भारतबाट आयात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस

Related News

मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर
मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर
  • २०८० चैत्र ३०, शुक्रबार १७:४१ गते

मुगु । हिमाली जिल्ला मुगुमा व्यवसायीक रुपमा स्याउ खेती गर्दै आएका किसानले स्याउको विरुवा बेचेर १७ लाख रुपैयाँ बढी आम्दानी...

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यतागुमाउने जोखिम
दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यतागुमाउने जोखिम
  • २०८० चैत्र ३०, शुक्रबार १७:४१ गते

काठमाडौं । नेपालको एकमात्रअन्तर्राष्ट्रिय तहको रंगशालादशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यतागुमाउने खतरा बढेपछि अहिले सरोकारवालानिकायहरुजुर्मुराएका छन् । यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिताआयोजना गर्न अयोग्यभनेर...

इलामको सिद्धदेवी टी स्टेटलाई अमेरिकामा अवार्ड
इलामको सिद्धदेवी टी स्टेटलाई अमेरिकामा अवार्ड
  • २०८० चैत्र ३०, शुक्रबार १७:४१ गते

काठमाडौं । पूर्वी नेपालको इलामस्थित सिद्धदेवी टी स्टेटले ‘विश्वको उत्कृष्ट चिया’ को उपाधि जितेको छ ।हालै अमेरिकाको लस भेगासमा आयोजित...

TOP