२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

नेपाली चिया चाँडै विश्व बजारमा ब्रान्ड बन्नेछ ः उदय चापागाइँ

नेपाली चिया चाँडै विश्व बजारमा ब्रान्ड बन्नेछ ः उदय चापागाइँ

–नेपालको चिया क्षेत्रमा राजनीति हस्तक्षेप छ ।
–नीजि क्षेत्रका कारण विश्व बजारमा नेपाली चियाले ठूलो फड्को मारिसक्यो ।
–चिया व्यवसायी र सरकारबीच कहिल्यै पनि सहकार्य हुन सकेन ।


म बच्चा हुँदादेखि नै इलाम घुम्न जान्थें । स्कुले शिक्षाको लागि अध्ययन गर्दाखेरि पनि म झापाको चियाबारीमा घुम्न जान्थें । आँखाको दृष्टिले भ्याएसम्म चियाबारी देखिन्थ्यो । पछि कलेज पढ्न थालेपछि आइएको परीक्षा केन्द्र चियाको जिल्ला भनेर चिनिने इलाममा नै पर्यो । परीक्षा केन्द्र भएको क्याम्पस चियाबारीको बिचमा थियो । त्यसबेला चियाको बोटहरुले ढपक्क छोपेको देख्दा चियाबारी छाडेर फर्कन मनै लाग्दैनथ्यो । वि.स. २०२८ सालतिर पहिलो पटक म इलामको चियाबारीमा पुगेको हुँ । चियाका बुट्टाहरु हेरेर म भविष्य सोच्ने गर्दथें । त्यहीबाट मोहित भएर चिया व्यवसायलाई आफ्नो कर्मको रुपमा अंगाले ।


व्यावसायिक सिलसिलामा पछि म जर्मनी जाँदाखेरि त्यहाँ दार्जिलिङको चिया पाइने रहेछ । मेरो झापा भद्रपुर घर भएपनि बेला बेला म दार्जिलिङ पनि घुम्न गइरहन्थें । दार्जिलिङको चियाबारी पनि हेरेको थिए । फेरि म आफैं पनि चियाप्रेमी मान्छे हुँ । अनि जर्मनीमा मैंले त्यसबेला पिएको चिया आसामको रहेछ । खासमा भन्नुपर्दा ठाउँ ठाउँको चियाबारीबाट नै प्रभावित भएर म चिया व्यवसायमा लागेको हुँ ।


झापामा चियाबारीमै लड्दै, खेल्दै हुर्किएको हुँ । तर व्यवसायका रुपमा चियाबारीमा प्रवेश गरेको चाँही आजभन्दा करिब ३० वर्ष अगाडि सन् १९९४ बाट हो । व्यवसायका रुपमा सुरु गर्दा ‘मुना चिया’ भन्ने थियो । त्यसको पसल काठमाडौंको न्यूरोडमा थियोे । त्यहाँ थरि थरिका मान्छेहर आउँथे । त्यहाँ मैंले मुना चिया र पहाडको चिया(अर्थोडक्स)को व्यवसाय गरें । व्यवसाय गर्दै जाँदा पछि मलाई चियाको विषयमा अध्ययन नै गर्ने मन लाग्यो । पछि म दार्जिलिङको चियाबारे हेरे, घुमे, बुझे । त्यहाँको चिया बेलायतको महारानीले पिउनुहुन्छ भन्ने सुनेको थिए । त्यहाँ पुगेर त्यो चियाको स्वाद पनि लिए । पछि इलामतिर घुम्न जाँदा झापाको चिया र ती दुई ठाउँको चियामा खासै भिन्नता देखिन ।

Related News

‘सहकारीको समस्या समाधान गर्दा अर्थतन्त्रको हित हुन्छ’
‘सहकारीको समस्या समाधान गर्दा अर्थतन्त्रको हित हुन्छ’
  • २०८१ बैशाख १५, शनिबार ११:२० गते

सरकारका नीति कार्यक्रम सुन्नमा धेरै राम्रा छन् । तर त्यसको कार्यान्वयन हुनुप¥यो । त्यसको लागि महत्वपूर्ण र सबैभन्दा ठूलो चुनौती...

चौँथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री, कांग्रेसको अवरोधले अन्योल
चौँथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री, कांग्रेसको अवरोधले अन्योल
  • २०८१ बैशाख १५, शनिबार ११:२० गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चौँथोपटक प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले...

गण्डकीमा मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
गण्डकीमा मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
  • २०८१ बैशाख १५, शनिबार ११:२० गते

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त...

TOP