२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

उपनिर्वाचनमा जमानत जफत भएपनि ‘एकलौटी सरकार’को मिसनमा रास्वपा

उपनिर्वाचनमा जमानत जफत भएपनि ‘एकलौटी सरकार’को मिसनमा रास्वपा

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएपछि पार्टीको आगामी बाटोबारे नेताहरु छलफलमा जुटेका छन् ।

बर्षअघि भएको प्रतिनिधि सभा उपनिर्वाचनमा दुई जित हासिल गरेको रास्वपा यस पटक कमजोर सावित भएपछि समीक्षा गर्नुपर्ने अवस्थामा छ ।
माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएका भएपछि रास्वपाले नयाँ रणनीति तय गर्न देशभरबाट सुझाव लिने बताएको छ ।
चितवनमा रास्वपा सभापति रवि लामिछाने र तनहुँमा रास्वपाकै स्वर्णिम वाग्ले निर्वाचित भएजस्तै सोचेका नेताहरुले इलामको परिणामबाट नयाँ मिसनमा अघि बढ्नुपर्ने निचोडमा छन् ।
चितवन र तनहुँको जस्तै जनलहर पाउने आशासहित सिंगो शक्ति परिचालन हुँदा पनि परिणाम कमजोर आएपछि रास्वपाभित्र हलचल आएको छ ।

यद्यपी, इलामका जनताले घण्टी नबजाइकन सांकेतिक घण्टीको आवाज बजाएको निस्कर्ष पार्टीको छ ।
उपनिर्वाचनको परिणामलाई लिएर शुक्रबार साँझ पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको बारेमा समीक्षा गरेर अघि बढ्ने निस्कर्ष निकालेको छ । बैठकले २०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने तयारी थालेको छ ।
उपननिर्वाचनको समीक्षा गर्न पार्टी महामन्त्री डा.मुकुल ढकालको नेतृत्वमा देश जेठको दोस्रो हप्ताबाट देश दौडाहामा पठाउने निर्णय गरेको पार्टी महामन्त्री ढकालले बताए ।

उनले देश दौडाहाका बारेमा बुझेर पार्टी सचिवालयमा प्रतिवेदन पेश गर्ने र सोहीअनुसार निर्णय लिने पनि बताए ।
महामन्त्री ढकालले प्रतिवेदनको आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने निर्णय भएको पनि बताए । उनले सरकारमा पार्टीले गरेका कामहरुको मूल्यांकन गर्न टिम बनाउने निर्णय भएको बताए । पार्टीले पार्टी सदस्यता दिने कुरालाई देश दौडाहापछि विश्लेषण गरी निर्णय गर्ने पनि रास्वपाको तयारी छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ र ०८० मा रास्वपाका उम्मेदवारले शहरी क्षेत्रमा राम्रो मत ल्याएर विजयी भएका थिए । सोही परिणामबाट उत्साहित भएको पार्टीले इलाममा घण्टी बजाएर छाड्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएपनि परिणाम खराब आएपछि गाउँमा संगठन बढाउनुपर्ने निष्कर्षमा रास्वपा लागेको छ ।


रास्वपाका सभापति रवि लामिछानेलगायतका नेताहरु सहकारी ठगी प्रकरणमा मुछिएपछि जनलहर घटेको भन्ने विषयमा पार्टीले आन्तरिक छलफल गरेको छैन ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०८१ बैशाख २२, शनिबार १५:०८ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०८१ बैशाख २२, शनिबार १५:०८ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०८१ बैशाख २२, शनिबार १५:०८ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

TOP