२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

उपचारमा सहयोगको याचना गर्दै मिर्गौलापीडित पत्रकार पिबी दियाली

काठमाडौं । दुवै मिर्गौला फेल भएपछि सुनसरी इटहरीका पत्रकार पिबी दियाली काठमाडौंको वीर अस्पतालमा उपचार गरिरहेका छन् । नियमित डायलाइसिस गर्नुपर्ने भएपछि उनलाई आर्थिक समस्याले सताएको छ । घरखेत बेचेर उपचार गराइरहेका दियालीले सहयोगको याचना गरेका छन् ।
उपचारका लागि सरकार, सामाजिक संघ–संस्था र दाताहरूसँग सहयोगका लागि याचना गरेपनि त्यो प्रभावकारी नभएको उनको गुनासो छ । पत्रकार दियालीले पत्रकार महासंघले सहयोग संकलनका लागि अभियान संचालन गरिदिन माग गरेका छन् । अन्य संघसंस्थालाई पनि सहयोग अभियान संचालन गरिदिन आग्रह गरेका छन् ।
शनिवार इटहरीका सक्रिय पत्रकार एवम् प्रदेशखबर डटकमका सम्पादक पवन अधिकारीले दियालीलाई भेटेर १५ हजार नगद हस्तान्तरण गरेका छन् ।
इटहरीमा बसेर २९ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार दियालीले आफ्नो दुवै मिर्गौला खराब भएको र उपचारका लागि आफूसँग आर्थिक अवस्था कमजोर बनेकाले बाध्य भएर सहयोगको याचना गर्नुपरेको बताए । दियालीका अनुसार मिर्गौला फेर्नका लागि मृगौलादाता जुटेपनि दाता र विरामी दुवैको खर्च जुटाउन झनै कठिन भएको छ । मिर्गौला फेरेर स्वस्थ्य रहन लगभग ६० लाखमाथि खर्च हुने अनुमान छ ।
४६ वर्षीय पत्रकार दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधान सम्पादक हुन् । उनले लामो समय धरानबाट प्रकाशित ब्लाष्ट दैनिकमा पत्रकारिता गरेका थिए । उनले इटहरीमा गणराज्य दैनिक पनि प्रकाशन गरेका थिए । पत्रकार दियालीकाअनुसार उनी सङ्कटकालको समयमा तीन महिना हिरासतमा परेका थिए । उनलाई ३ सय ३५ दिन नजरबन्दमा पनि राखिएको थियो ।
पत्रकार दियाली हाल नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समिति सदस्य तथा दलित विभाग संयोजक छन् । उनी नेपाल दलित पत्रकार संघ र समाजवादी प्रेस सङ्गठनको केन्द्रीय सदस्य हुन् । उनले सम्पत्तिका नाममा आफूसँग इटहरीमा सानो घर पनि बेचेर उपचारमै खर्च गरिरहेको सुनाए ।

Related News

सुनसान छ डाक्टर केसीको अनसनस्थल
सुनसान छ डाक्टर केसीको अनसनस्थल
  • २०८१ बैशाख २३, आईतवार १२:२९ गते

काठमाडौं । पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसिरहेका डाक्टर गोविन्द केसीले स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भनेर कसैसँग कुराकानी गर्न अस्वीकार...

क्या कूल हे हम’ निर्देशक संगीतको निधन
क्या कूल हे हम’ निर्देशक संगीतको निधन
  • २०८१ बैशाख २३, आईतवार १२:२९ गते

काठमाडौं । बलिउड फिल्म ‘क्या कूल हे हम’, ‘जोर’ र ‘यमला पगला दीवाना २’ का निर्देशक संगीत सिवनको निधन भएको...

डेनमार्कमा गर्भपतन सम्बन्धी कानुन खुकुलो बनाइयो
डेनमार्कमा गर्भपतन सम्बन्धी कानुन खुकुलो बनाइयो
  • २०८१ बैशाख २३, आईतवार १२:२९ गते

काठमाडौं । डेनमार्कमा गर्भपतन सम्बन्धी कानुन खुकुलो बनाइएको छ । ५० वर्ष अघिको कानुनमा संशोधन गरी शुक्रबारबाट नयाँ कानून लागु...

TOP