२०८१ जेष्ठ ३१
June 13, 2024, Thursday

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यतागुमाउने जोखिम

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यतागुमाउने जोखिम

काठमाडौं । नेपालको एकमात्रअन्तर्राष्ट्रिय तहको रंगशालादशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यतागुमाउने खतरा बढेपछि अहिले सरोकारवालानिकायहरुजुर्मुराएका छन् ।


यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिताआयोजना गर्न अयोग्यभनेर एशियाली फुटबल क्लब (एएफसी) ले फिफाविश्वकप छनोटको खेल खेलाउननमानेपछि सक्रियतातीनिकायले सक्रियता देखाएका छन् ।


जसको फलस्वरुप बहराइनसँगको ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमाभए । अब युएईसँग जुन ६ तारिख (जेठ २४) मा हुँदैछ । त्यसकालागिदशरथ रंगशालाको अनुगमनगर्दा यस पटक पनिचित्तबुझ्दो जवाफनआएको बुझिएको छ ।
जसका कारण युएईसँगको खेल काठमाडौंमा नभइउतै हुने सम्भावनापनि बढेको छ भने नेपालको दशरथ रंगशालाको स्तर अन्तर्राष्ट्रिय मापदण्डको नभएपछि अन्तर्राष्ट्रिय मान्यताकिननखोस्ने भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) मा पत्राचार भएपछि अहिले सरोकारवालानिकायहरु चिन्तित देखिएका छन् ।


बहराइनसँगको खेल सार्नपर्दा आलोचित बनेको एन्फा फेरि युएईसँगको खेलले दबाबमाआएको छ । एन्फाकामहासचिव किरण राईले एफसीबाट पत्रआएको बताउँदै उनीहरुले सोधेका प्रश्नको जवाफदिने तयारीमा रहेको सुनाए। खास गरेर एफसीले दशरथ रंगशालाको मैदान (पीच), फ्लर्ड लाइट र सुरक्षाव्यवस्थाको विषयमाजानकारी मागेको छ ।


सानातिनाप्रतियोगिताआयोजना गर्न दिएर दशरथ रंगशालाविग्रिएको गुनासो छ । तर, सबै दोष एन्फालाई भन्दापनि रंगशालाको जिम्मालिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनिलिनुपर्नेएन्फाकै पदाधिकारीहरु बताउँछन् ।
पहिला फुटबल संघको मातहतमा रहेको मैदानअहिले राखेपले आफैंजिम्मालिएको छ । बहराइनसँगको खेल नेपालमा रद्द भएपछि मैदान राखेपले संरक्षण गरेर खेल्न योग्यबनाउने लक्ष्यका साथ एन्फाबाट खोसेको थियो । पहिलापनि फुटबलका गतिविधिमामात्रै एन्फाले जिम्मालिएपनिअन्यप्रयोजनकालागि राखेपको अनुमतिअनिवार्य मानिन्छ ।
अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालामा नेपालमाबामेसर्दै गरेको ‘रग्वी’ खेल खेलाएपछि पीचमा समस्याआएको बताइन्छ । यसैगरी, विद्यालयका सानाइभेन्टका लागि दैनिक भाडामा लगाउने, सांगीतिक कन्सर्टहरु आयोजना गर्नका लागिअनुमति राखेपले नै दिँदै आएको छ ।


यसअघि राष्ट्रपति रनिङ सिल्ड पनियही मैदानमाभएको थियो ।जसका कारण अहिले एफसीले सोधेका प्रश्न र समाधानकाउपायका साथ सरोकारवालानिकायहरु युवातथा खेलकुदमन्त्रालय, एन्फा र राखेप अघि बढ्नुपर्ने सरोकारवालाहरुको सुझाव छ ।


एफसीले मैदानबाहिरको सुरक्षाको कुरा पनि उठाएको छ । कुनै भवितव्यपर्योभने प्यारापिटबाट दर्शकहरु कसरी सुरक्षितरुपमाबाहिर निस्कने भन्ने कुराको पनिजवाफखोजिएको छ ।


एफसीले एन्फालाई सोधेको प्रश्नको जवाफएन्फाले पनि रंगशालाको जिम्मालिएको निकाय राखेपसँगमाग गरेको छ । तर, सुरक्षाको रिपोर्ट अहिलेसम्म नबनाएको र तत्कालदिने सम्भावनानभएको जवाफएन्फालाई राखेपले दिएको छ ।
नेपालमाअन्तर्राष्ट्रिय प्रतियोगिताआयोजना गराउने र दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता जोगाउनकालागिआज खेलकुदमन्त्रीविराजभक्तश्रेष्ठ, राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाकापदाधिकारीले छलफल गर्न लागेका छन् ।


Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०८१ बैशाख २५, मंगलवार १५:०१ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०८१ बैशाख २५, मंगलवार १५:०१ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०८१ बैशाख २५, मंगलवार १५:०१ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

TOP